महान नेता महान नेताले नागरिक हितकोलागि दिनभर शहरलाई अस्तव्यस्त बनाउनु भयो । कतै भुसतिघ्रे लगाएर प्राध्यापक कुटाउनु भयो, कतै ढुंगामुडा गरेर गाडीका सिसा फुटाउनु भयो । साँझमा दिनभर भएको जन-धनको क्षतिको विवरण जुटाउनु भयो। अनि यो सरकारले शान्ति स्थिति कायम राख्न नसकेकोले आफैंले सरकार बनाउन पाउनु पर्ने कुरा उठाउनु भयो । राष्ट्रभक्ति कवि सम्मेलनमा कविज्यूले राष्ट्र प्रेमले ओतप्रोत भएको एकदमै मनछुने कविता बाचन गर्नु भयो । श्रोताहरु उनको राष्ट्र प्रेम देखे मुग्ध भए, निर्णायकहरु उनको वीर रसको भाव सुनी स्तब्ध बने । तुरुन्तै उनको राष्ट्रभक्तिको कदर गर्न दुई हप्ता पछि दोशल्ला ओढाउने निर्णय भयो । कार्यक्रको दिनमा कविज्यूको सट्टा अर्कै व्यक्ति पुरस्कार थाप्न आए, अनि कविज्यू आफ्नो डि.भि. को उपयोग गर्दै अघिल्लै हप्ता अमेरिका तर्फ उडेको बताए । यथार्थ र आदर्श के.एफ. सी. को फास्ट फुड खाँदै गर्दा, एकजना विदेशी साथीले युट्युबमा हेरेको गढीमाई मेलाको भिडियोको चर्चा उठायो। यस्तो हिंसा बन्द गर्नु पर्ने जोडदार तर्क जुटायो। मैले आफू मांसहारी भएसम्म यस्तो कुराको विरोध गरेर बुद्धि बिलास नगर्ने बताउँदा बताउँदै नजिकै आईसकेको चाडको लागी टर्की जुटाउन हत्तार भएको भन्दै आफ्नो बाटो ततायो ।
Tuesday, July 20, 2010
तीन सुत्रकथा
Labels:
NEPALI STORIES
Subscribe to:
Post Comments (Atom)
सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
0 comments:
Post a Comment