Showing posts with label HAMRO CHAUTARI. Show all posts
Showing posts with label HAMRO CHAUTARI. Show all posts

Saturday, April 16, 2011

TOGETHER FOUNDATION NEPAL

Welcome! to Together Foundation Nepal

Founded in 2010 by Hari Kumar Thakuri, Sudev Neupane, Gyanendra Bhul, Pramila Lama, Ganesh Luitel, Sirjana Adhikari and Purusottam Karki, ToF Nepals’ mission is to help developmentally delayed preschoolers prepare for public education and about the advocay to basic human rights.

With this website we hope to extend our Foundation community into cyberspace so we can share important information about young children and the dreams of the priviledge castes with special needs with parents, relatives and friends, health care professionals, academics, teachers, researchers, and students everywhere.

We have posted all kinds of useful information for viewers. For example, we explain what developmental delays are, why intervention is necessary, and most importantly, what parents can do and how and where they can find help. In addition to articles about what we do, this site has links to many other online resources.

About ToF Nepal
The Together Foundation Nepal, established in October 2010 in Kathmandu, Nepal, is a growing network being developed to protect and promote human rights, human dignity and individual freedom around the world.

The mission of the Foundation includes:

• providing opportunities for volunteers to contribute their time and expertise on concrete projects and cases that promote and protect human rights;
• organizing humanitarian aid and providing consulting to those in need;
• increasing leverage on policy makers in relevant countries;
• providing broader visibility for human rights issues and for the member groups;
• expanding the constituency for international human rights;
• cross-training on human rights issues and activities to maximize the impact of work;
• sharing experience in administrative, organizational and policy matters.

INAUGURATION CEREMONY OF TOGETHER FOUNDATION NEPAL at Jorpati:






Tuesday, July 13, 2010

समाजभित्रको असामाजिकता

परदेशी कान्छो

परदेशीलाई आज पनि घरायसी सामान किन्नु पर्ने भएको छ । घरको सामान प्रायः उसले आफैं किन्ने गरेको छ । आज पनि सामानको गतिविधि भान्साकोठाको फ्रिज् र दराजहरुमा हेर्दै लामो सूची तयार भएको छ । फुड्स्ट्याम्प कार्ड बोकेर ऊ बाहिरियो ।
क्लार्क्स्टोन सिटी सेन्टरमा भर्खरै नेपालीहरुले “साउथ् एसियन मार्केट” खोलेको खबर सबै आवासमा फैलिएको छ । परदेशीलाई त्यस पसल सम्बन्धि चासो बढ्यो र त्यतैतिर जाने मन भयो । पसलको स्थान, निर्देशन पाएअनुसार थ्रिप्टाउनको पूर्वपट्टि रहेछ । पसलको बाहिर व्यानरमात्र टालेको रहेछ । ढोका तानेर भित्र पस्ने बित्तिकै चिनजानको मित्र देखिए । उनी त्यहाँ काम गर्दा रहेछन् । तिनले परदेशीको स्वागत गरे । उनैले लगानीकर्ता मध्येका धनुजीसँग परिचय गराइदिए । “यहाँ परदेशी हुनुहुन्छ ।”
“नामै परदेशी कि, परदेश लागेर परदेशी?” उनले व्यंग्यात्मकता झिके ।
“मेरो नाम त अर्कै थियो । भूटानबाट नेपाल पसियो । धेरै कुरा थाहा पाइयो । हुन त पूर्खा नेपालबाट गएका नेपाली नै रहेछन् । अहिले बुझ्दा भूटानको बसोबास पनि परदेशी कै हुन पुग्यो । नेपालमा भूटान गएका पूर्खाका सन्तान राजनैतिक कारणले फर्किए तर नेपाल उनीहरुको घर कहिले बन्न सकेन । परदेश नै रह्यो पूरा १८ साल । त्यसपछि अमेरिका आइयो । यो पनि त पूर्खाको थाकथलो होइन । जन्म थलो पनि होइन । यहाँको नागरिक पनि भइएको छैन । त्यसैले यो पनि परदेश नै त रह्यो । त्यसैले तेस्रो मुलुक–पुनर्वास कार्यक्रम सुरु भएपछि म परदेशी बन्न पुगें ।” मैंले आफू परदेशी हुनको स्पष्टीकरण दिएँ ।
“तपार्इँको ऐतिहासिक पृष्ठभूमि र आत्मिक कथा र नयाँ पहिचान बोकेको नाम सुहाउँदिलो छ ।” उनले सहमति जनाए ।
परदेशी सामान हेर्न थाल्यो । कतिपय सामानको मूल्य राखिएकै थिएन । आफू डायबेटिज् र उच्च कोलिस्ट्रोलले ग्रसित भएकाले त्यही अनुसारको सामान खोज्दा भेटिएन । खसीको मासु पनि बोसै मात्र । लाने कुराहरु कमैमात्र भेटियो । केही स्याउ, सुन्तला, सागसब्जी, घरमा साङ्लाको गुँडै भएकाले तीनबट्टा साङ्ला मार्ने बीष र अन्तर्राष्ट्रिय फोन कार्ड लिएर काउन्टरमा आयो । तिनै चिनजानका मित्र बसेका रहेछन् । सामानको नाम कम्प्युटरमा हाले पछि उनले भने–“फुडकार्ड चलाउन, सरकारबाट पसल निरीक्षण गरेपछि मात्र अनुमति मिल्छ । अहिले उदारै लानु होस् है सबै सामान । बरु ती अखाद्य सामान पनि फूडकार्डमै मिलाउँला नि, हुन्न ।”
“मलाई ऋण भने पछि जिरिङ्गै हुन्छ । अब फूडकार्ड नै चल्दैन भने त के गर्ने, त्यसै त होला नि!” परदेशी ती साथीले ठीक पारिदिएका सामान र सामानको उधारो बील लिएर बाहिर निस्कँदा पुरानो साथी वचन भेटिए ।
“हैन हौ परदेशीजी, आजकाल त भेट हुनै छाड्यो नि? कता गायब हो नि ?” वचनले परदेशी बाहिरिन साथ सोधी हाले ।
“यहाँ नयाँ पसल खुलेको रहेछ र यतै सौदापात लिन पसेको थिएँ । अब बल्ल राम्रो हुने भयो । सबै भूटानीले सामान किन्न आउँदा भाषाको समस्या नहुने भयो । बरु हाम्रो चौतारो अब यतै सारौं है, वचनजी !”
“साँच्ची नै । रमाइलो हुन्छ । सबै हाम्रा समुदायका मानिसहरु यतै किनमेल गर्न आउन सक्छन् । सबैसँग भेटघाट पनि हुने ।”
“हो नी । रेडियोमा विज्ञापन गरे अनुसार नै हो भने त राम्रो हुने भयो । सबै सुविधा सस्तो मूल्यमा पाइने भयो ।”
यत्तिकैमा हिलटाउन् कै टिका नाम गरेका भाइ पनि भित्रबाट निस्किए । उनलाई देख्ने वित्तिकै परदेशी खुशी भए, बाटामा गफ् गर्ने साथी भेटिएकामा । वचनसँग बिदा लिएर परदेशी र टिका बाटो लागे ।
दुबैजना नर्थइन्डियन क्रिक् जाने बाटोमा निस्कने वित्तिकै टिकाले भन्यो–
“परदेशी दाइ, ऊ त्यो केटा हेर्नुहोस् न । त्यो विरकोटी केटा हो । त्यसका बुबाआमा काम गर्न सक्दैनन् । भाइ बहिनीहरु सानै छन् । ऊ चाहिँ ऊ त्यसरी चुरोट खाँदै हिंड्छ । उमेरले बीस पनि टेकेको छैन होला । कस्तो संगतले यसरी विग्रियो होला नि?”
“नेपालमा हुँदा शिविरमा युवाहरु बिग्रिए भनेको त यहाँ आएर झनै बिग्रने रहेछन् हगि भाइ ?”
“तपाइँलाई थाहा छ? ऊ जस्ता हाम्रो समुदायका युवाहरुको निकै भिड्भाड् चल्छ त्यहाँ । विशेष गरि साँझ पख ।” हातले औंल्याउँदै देखायो टिकाले ।
टिकाको कुराले परदेशीलाई जिरिङ्कै बनायो । भन्यो–
“अमेरिका आएर भूटानी समुदायले के के नै गर्छ होला । छिट्टै भूटानीले १८-२० वर्षसम्म भोगेको नारकीय जीवनबाट मुक्त होलान् भनेको त नयाँ पुस्ताले झनै बर्वाद पार्ने भएछन् हगि भाइ ?”
“त्यतिमात्र कहाँ हो र दाजु, अस्ति ऊ यहाँको अपार्टमेन्टको एउटा केटाले पिस्तोल किनेछ । २०० डलरमा एउटा काले केटाबाट किनेको रे । पूरा १०० वटा गोली पनि किनेको छ रे । एक महिना अगाडि गोली लोड गर्दा पड्किएर आफ्नै औंलो फुटेको छ रे । थाहा पाउँछन् भनेर आफन्तकहाँ अर्को अपार्टमेन्टमा बस्छ रे ।”
“हे भगवान्, आज के सुन्नु परिरहेछ ? अब यो भूटानी समाज कतातिर लम्कने हो नि?” परदेशीले लामो सुस्केरा तान्यो । यस्तै विविध शीर्षकमा गफ् गर्दै आफ्नो अपार्टमेन्ट पुगे ।
तीन दिन पछि परदेशीको नेपाली पसलको बाहिर तनलाई भेट्दा समसामयिक विषयमा कुरा भयो । परदेशीले आफूले भर्खरै सुनेको कुरा तनलाई सुनायो । तन पनि पेस्तोलको कुराले झस्किए । उनले पनि युवा जमात बीच विसंगतिको कुरा सुनेको रहेछ । उनले भने–
“त्यो तल हाम्री फूपू बसेको अपार्टमेन्टका स्कुले केटाहरु पनि लागु पदार्थ र मद्यपदार्थले त्यसरी नै बिग्रिएछन् । गए बुधबारको कुरा मात्र त हो, म फूपूकामा बस्दै गर्दा एउटा केश पनि रंग्याएर पहेंलै बनाएको केटा लर्खरिँदै आएर सोफामा बस्यो । हेर्दै आँखा राताराता पारेको । दिउँसै नशाले झुम्झुम् गरिरहेको । भाइको कक्षामा पढ्ने साथी रहेछ । उसले केहीक्षणमा तानेर उसको घरमा पु-याएर आयो । फूपूले भन्दै हुनुहुन्थ्यो, अस्ति भाइ देखिएन रे र खोज्दै जाँदा, एउटा नेपाल देखिकै मताहा व्यक्तिको आवासमा ८-१० जना स्कुले ठिटा भेला भएर पिइरहेका रहेछन् रे । मद्यपान किन्न १८ वर्ष मुनिकालाई मनाही छ, कसरी यिनीहरुले ल्याए भनेर विचार गर्दा त त्यही मताहालाई पैसा दिँदा रहेछन् रे र त्यसैले ल्याईदिँदो रहेछ रे । परदेशीजी, हाम्रा नानीहरु बचाउन गाह्रो भयो है ।”
यत्तिकैमा वचन पनि आइपुगे । परदेशीले आफू र तनबीच भएका कुरा सुने । तनले छक्क पर्दै आफूले पनि भर्खरै थाहा पाएको कुरा सुनाउन थाले–
“माथि स्टोन माउन्टेनमा त्यो … अपार्टमेन्टमा हाम्रै समाजकी एउटी दुईजनाकी आमा, श्रीमानसंग झगडा गरेर पुलिस बोलाइ छ । श्रीमानलाई प्रहरीले लगेछ । मलाई जबरजस्ती बिहे गरेको भनेर पारपाचुके गराइ छ र मेक्सिकन केटासँग अस्तिका दिनमात्र हिँडीछे । हिँजो कोर्टमा तारिख थियो रे । न्यायधीशले नानीहरु १८ वर्ष नपुन्जेल केटालाई माषिक तीनसयका दरले तिर्न आदेश दिएको छ रे । अमेरिकामा एन्ट्री लेभलको काम, त्यसमाथि विचराले माषिक ६ सय नानीहरुको त्यही केटीलाई दिएर आफू के गरि खानु हो को नि ?”
तनले बिर्सिएको कुरा सम्झिए झैं गरि भने– “वहाँ पथरीमा श्रीकान्ते गुरागाइँ थियो नि? त्यसकी छोरी एउटै कम्पनीमा काम गर्ने बर्मिस् दाइ भन्दै त्यसैको गाडीमा काममा जाने आउने गर्थी रे । पछि थाहा पाउँदा त गर्भिणी भइसकेकी रहिछ रे । नेपालमा पनि एकजना स्थानीय लिम्बु केटासँग विवाह गरेर उसलाई पनि अमेरिका तान्ने सहमतिमा अमेरिका आएकी त बर्मिस्को जीउ बोक्न पो पुगिछे । १५ दिन अगाडिमात्र त्यो बर्मिस्लाई जिम्मा लगाइदिएछन् । हेर त बाबुआमालाई प्याख्नु बनाएको ?”
आज परदेशीको हिँडाइको साइत राम्रै रहेछ । सबै साथीहरुसँग भेट हुनुपर्ने । मन पनि टुप्लुक्कै आइपुगे । देख्ने वित्तिकै परदेशीलाई खसखस लागि हाल्यो–
“होइन मनजी, कता हो? आज त यहाँ सबैसँग भेट हुने संयोग पो जुरेछ । अब हामी हाम्रो चौतारो यहीँ बनाऊँ है त? नेपाली पसलमा आखिर सबैजना भेट भइ हालिने रहेछ ।”
सबैलाई नमस्कार गर्दै मनले भने—
“अस्तिदेखि बाँकीमा खाई राख्या छ सागपात । फूडस्ट्याम्प् चलाउन थाले अरे र बाँकी तिर्न आएको । अनि तपाईँहरु चाहिँ कताबाट ?”
“हामी पनि त्यसै गर्न आएका यहाँ वचन र परदेशीसँग भलाकुसारी गर्दै हौ ।” तनले आफ्नो भेटको संयोग बताए ।
उनले फेरि थपे— “हन हाम्रा मान्छे के भएका हँ साथी हो ? पुनर्वास गराउने संस्थाले फुड्स्ट्याम्प्बाट पैसा झिक्नु हुँदैन भनेर सतर्क गराउँदा गराउँदै पनि लेकसोरमा एउटाले तीनसय डलर झिकेर फ्यान किन्यो रे । सरकारले थाहा पायो भने के होला नि अब त्यसको ?”
वचनले पनि अर्को थाहा पाएको कुरा भनिहाले—“तपार्इँ फुड्स्ट्याम्प्को कुरा गर्नुहुन्छ, हाम्रा मान्छेले मेडिकेड्को पैसा त डक्टरसँग मिलेर झिके रे !”
“हो अरे त । मेडिकेड् सकिने मान्छेलाई थर मिलेको मान्छेको मेडिकेडबाट उपचार पनि गराउँछन् रे । यस्तै हो भने हाम्रा मान्छे धेरैजना बिग्रने भए है साथी हो ।” मनले पनि अर्को प्रसङ्ग जोडे ।
तनले भने— “तपाईँहरुलाई थाहा छ ? स्टोनमाउन्टेनको त्यो …. अपार्टमेन्ट र क्लार्कस्टोनको …. एपार्टमेन्टमा त शरीर बेच्ने व्यावसाय पनि गजबले चल्न थाले छ नि । क्लार्कस्टोनको त्यो …एपार्टमेन्की ती बहिनी त त्यति धनाढ्या परिवाकी इज्जतिली झैं लाग्थ्यो । यहाँ पनि समाजमा राम्रै इज्जत कमाएकी मान्छे । किन बहिनीहरुले बिहा गर्दा पनि ऊ एकलै छन् भनेको त, नेपालमै पोखराको एकजना क्षेत्रीकेटासँग बिवाह गरेको रहेछ । उसलाई पनि यतै तान्ने सर्तमा छोडेर आएकी रे । यहाँ अब बाबुआमा छैनन्, दाजुभाइ सँगै छैनन् । अनि मस्ति भएन त? रातीराती काले र गोरेकातिरै कतिप्रायः बास हुन्छ रे ।”
तनको कुराले परदेशी, मन र वचन तिनैजना छक्क परे । वचनले भने— “अब हेर साथी हो, हाम्रो समुदायमा ती लागुपदार्थ खान थालेकाले बिस्तारै पिस्तौल राख्न थाले । दिनदिनै अब आफ्नै समाजभित्र चोरी डकैती सुरु हुन थाल्छ । छोरी चेली बिग्रीन थालीहाले । पहिला पहिला नेपालीहरु कम भए, काला जातिका मानिसहरुको पेलाइमा परियो भन्ने डर थियो । अहिले आफ्नै समुदायका मानिसहरु घाँडो हुन थाल्यो है । अब व्यक्तिगत भलाइकै लागि पनि जति सक्दो चाँढो घर किनेर आ—आफ्नो बाटो समाउनु पर्ने भयो । एकै ठाउँ बस्दा राम्रो होला भन्ने आश अब हरायो है ।”
परदेशीलाई आज साथीहरुसँग भेटेर खुशी हुनु पर्नेमा विविध सोचाइले सताउन थाल्यो । परदेशीलाई आफ्नो समुदायका बारेलाई लिएर धेरै चिन्ता बढ्यो । नेपाली भाषी भूटानी समुदायले इतिहासमा जहिल्यै दुःख पाएका छौं । कहिले यता पल्टाइएका छौं त कहिले उता पछारिएका छौं । हाम्रो समुदाय जहिले पनि समस्यामा छ । कहिले सामाजिक चटारोमा मिचिएको छ त कहिले राजनैतिक अचानोमा किचिएको छ । लगभग २० वर्षको नारकीय शरणार्थी जीवन गुजार्नु परेको छ । तस्रो मुलुकमा पुनर्वास कार्यक्रमको सदसयताले अग्रगामी निकासको औसर दिएको छ । भूटानी समाज सम्पूर्ण पूनर्वास गराउने मुलुकप्रति ऋणी छ, कृतज्ञ छ । हाम्रो समाजले उच्च विकसित मुलुकमा पुनर्वासको औसर पाएर त्यसलाई त भरमग्दुर सदुपयोग गर्नु पर्दछ । हामी प्रत्येक बुबाआमाले नानीहरुलाई सही मार्गमा लागे नलागेको रेखदेख गरिरहनु पर्दछ । विशेषगरि अमेरिकामा जता हे-यो त्यतै औसर छ । केही गर्न चाहनेलाई प्रर्याप्तै श्रोत र साधन छ । तर ती श्रोत, साधन र औसर पहिल्याउन र समाउन जान्नु पर्दछ । शरणार्थी जीवनमा जस्तो घुमन्ते, फिरन्ते, हावादारी शैली पक्कै पनि अमेरिका जस्तो विकसित मुलुकमा सुहाउँदैन ।
परदेशीलाई यो गन्थन विवादस्पद हुने र नछपाउने सल्लाह बारम्बार सबैभन्दा नजीकका दाईले दिनुभएकोछ । तर पनि परदेशी ती सम्पूर्ण सम्भाव्य विवादलाई थाप्लोमा राखी आफ्नो समाजमा घटिरहेका विकृति निराकरण गर्न यो जानकारी भूटानी समाजको घरघर पु-याउने कोशिसमा छ । परदेशीलाई लागेको छ — “हामी भूटानीहरु सचेत हुनुपर्दछ, हामी अग्रगामी बन्नु पर्दछ । पुनर्वास गरिएका मुलुकको मध्य गतिमा पुग्नु हाम्रो लक्ष्य हुनु पर्दछ । हामीले त चाहेको प्रगति प्राप्त गर्न नसकौंला तर सही बाटो देखाएमा हाम्रा सन्ततीहरुले पक्कै प्राप्त गर्न सक्नेछन् ।”

सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*