Monday, April 18, 2011

गज़ल

                                       - बाबुराम सागर
मन्दिर नपुग्दै टुटेको माला गास्नुको के अर्थ
एति रोए जिन्दगीमा अब हास्नुको के अर्थ

मुटुमा  मेरो सधै नै जसो भक्कानो उठिरह्यो
उज्यालो नहुँदै फेरी त्यो भाले बास्नुको के अर्थ

बेदना का ज्वारभाटा ति मेरा अतितहरु
त्यो भुमरी बिचको दुख अब मास्नुको के अर्थ

बाच्नु त यहाँ धेरैनै गारो मारी मारी नि बाँचे
हुँदै नभाको सास फेरी बतास नु को के अर्थ

टुक्रा


तिमि भयो बिदेश मा परदेशी
म त भए स्वदेशमै  परदेशी
कुरा च्याटैमा
भेटौला मायालु इन्टरनेतैमा

गज़ल

                                         -बाबुराम सागर 
सपनाहरु भबिश्य साँचेर गज़ल लेखे
अरुसंग आफुलाई जाचेर गज़ल लेखे

बिस्वश्को मङ्गल दियो जलाउन खोज्दै थिए
माया प्रेम को वियोगलाइ भाचेर गज़ल लेखे

दुखलाइ पाखा लगाई सुख खोज्ने परिवेश मा
मरेर नसकेनी एक्लै बाँचेर गज़ल लेखे

अमर भै संसारमा जिउने धोको मेरो हुँदा
अनायासै कल्पना मा नाचेर गज़ल लेखे
 

सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*