Tuesday, July 13, 2010

कविता

बाटो कठीन् छ जिन्दगी को
तैपनी डटेर हिंड्न सिक
असफल्ता आइ लागे पनि
सफल्ता हासिल गर्न सिक
संसारमा धेरै मनिष हरु भेटिए पनि
सहि मनिष छुट्याउन सिक
स्वर्थी मानिस् भेटीयला
सतर्क भएर हिंड्न सिक
कसैले रुवाउन खोजे पनि
आजीवन हाँसेर हिंड्न सिक



तिम्रो साथ
तिम्रो मनको मझेरीमा बास पाउँदा रमाएछु
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु

हिजोसम्म पराई थियौ आज आफ्नो मन दिएँ
अटुट साथ तिम्रो अनि मधुर माया कमाएछु
एक्लो यात्रा कति गर्नु थकाईं मार्छु भन्दै थिएँ
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु

उड्दै थिएँ बतासमा सिमलको भुवा जस्तै
तिमी आयौ कतैबाट हात तिम्रो समाएछु
मीठो लाग्न थाल्यो साथ जुनेली र जुन जस्तै
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु ।
तिमी बादल भई गर्जिदेउ म बर्षा भई बर्सिदिन्छु
तिमी सुटुक्क आएर "हाउ" गर म तर्सिदिन्छु


परिवर्तन
हिजो सम्म मेरो अघि
फूल छर्दै हिंड्थिन् उनी
तर आज के भएछ
काँडा छाडी गईछन् उनी,

उनका मेरा दु:ख सुख
सँगै बाँड्ने गर्थ्यौं हामी
आज किन यस्तो भयो
मलाई पीडा उनीलाई खुशी,

जिन्दगीको एउटै लक्ष्य
तिमी नै हो भन्थिन् उनी
तर आज कोही आएछ
उनको नयाँ लक्ष्य बनी,

मेरा हरेक खुशीमा त
खुली रमाउँथिन् उनी
आज उनको यो खुशीमा
रमाउँ अब म कसरी?



मेरी साथी
चुलबुल चुलबुल मेरी साथी
मलाई सधैँ जिस्क्याउँछे
हाँस्दा मैले सँगै हाँस्छे
रुँदा मलाई फकाउँछे,
गल्ती केही गर्‍यो भने
मेरो कान समाउँछे
आफ्नो गल्ती भयो भने
हाँसीहाँसी टारिदिन्छे,
मान्छे चाँहीं सानी सानी
तर कुरा धेरै गर्छे
अनौठी छे मेरी साथी
बुझ्नै नसकिने मान्छे ।



निलो फूल्ने सुन्दर गुलाफ बगैचामा फूल्न बाँकी छ
एउटा थुँगा सिउरिएर कल्पनामा झुल्न बाँकी छ



तिमीलाई भेटी मनको कुरा धेरै धेरै भन्न बाँकी छ
मिठा मिठा कुराहरु मनै भरि टन्नै बाँकी छ !!!



रातो टिका निधारमा
टलक्क टल्कियो
चुरोट खाने बुढोको
दाह्री सल्कियो



ए लामखुट्टेलाई मार मार मार
रातो गाडी ल्याउँछु है
दुलहीलाई ठिक्क पार ।



असम्भब छ जिन्दगी, जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु, अञ्जुलीमा जहर देउ ।



जुनलाई हेर्दा कालीलाई देखेँ
तारालाई हेर्दा कालीलाई देखेँ
फूललाई हेर्दा पनि कालीलाईनै देखेँ
.
.
.
.
.
हैन, मैले जे हेरे पनि तिमीलाई छेक्नै पर्छ?



0 comments:

सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*