डा. सुमन राज ताम्रकार
काठमाडौं नाम मात्रले पनि भारिलो छ । उहिले उहिले भए काठमाडौं भने बित्तिकै पशुपतिनाथ, स्वयम्भु, धरहरा, घण्टाघर, शहिदगेट सम्झिन्थ्यौं , आजकल त काठमाडौं भन्यो कि आलु धार्नी ५०, प्याज धार्नी १२०, साग मुठा १०, चामल किलो १५० मात्र झल्झली आउँछ । सानो छँदा काठमाडौं आउन पाउँदा कति खुशी लाग्थ्यो । आज बाध्यताले बस्नु पर्दा धूवाँ, धुलो, प्रदुषण, फोहरमैलाको कृपाले कति निस्सासिरहेका छौं । काठमाडौंमा कुनै चिज सस्तो छ त – त्यो हो महँगी बुभ्mनुभएन ? बुझोस् पनि किन कुरै अलि टेढिलो छ यो महँगो ।
काठमाडौंमा बाँच्न गाह्रो छ पाइलै पिच्छे पैसा चाहिन्छ जे गर्नलाई पनि पैसा चाहिन्छ । हाँस्नलाई, खानलाई त कुरै छाडौं यहाँ रुन लाई, दिसा पिसाब गर्न लाई पनि पैसा चाहिन्छ । गाँउ जान टिकट काट्नलाई पैसा चाहिने कुरा त थाहा थियो हुँदा हुँदा दुनियाँबाट जानलाई पनि पैसा तिर्नुपर्ने भैसक्यो । कस्तो ठाउँ हो यो काठमाडौं ? त्यसमाथि विद्यार्थी वर्गलाई त झनै गाह्रो । दुनियाँमा यो महँगी शब्द प्रादुर्भाव नभएको भए शायद अर्कै शब्द नामाकरण हुन्थ्यो । साँच्चि के हुन्थ्यो होला हगि ?
आउनुहोस् यस्तो महँगोपुरी कान्तिपुरी नगरीमा कुनै काम नगरी, लोकसेवा नदिई, हाकिमको खप्की नखाई पैसा कमाउने केही उपायहरु बताइ दिन्छु । तपाईंहरुलाई थाहा छ कि छैन, धामीले आफ्नो घरपरिवारको कोही विरामी पर्दा आफ्नै उपचार विधी काम लाग्दैन रे शायद आजकलका चिकित्सकहरुलाई पनि यहि नियम लागू हुन्छ क्यारे ? मेरो मतलब म आपैंmले चाहिँ यो नियम पालन गर्छु गर्दिन त्यो तपाईंहरुको चासोको विषय होइन । हेर्नुस् न म विषय प्रवेश गर्न खोज्छु तर दिमागमा विचारहरु अर्थात् मेरो लेखनमा आएर सजिवता पाउन कस्तरी तँछाडमँछाड गरिरहेका छन् भने म त माछाको जिउ जस्तै प्लित्त प्लित्त चिप्लिरहेको छ । अँ त म भन्दै थिएँ पैसा कमाउने उपाय । मैले एउटा राष्ट्रिय दैनिकमा देखेको थिएँ खर्च कम गर्नु अर्थात् बचत गर्नु पनि कमाउनु सरह नै हो । एकै रोपनी ठिक...फेरि बुझ्नु भएन मेरो मतलब सोह्रै आना ठिक भनेको । अतः यहि सिद्धान्तलाई आधार मानेर केही उपायहरु तर्पm लागौं ।
काठमाडौंमा एउटा स्टपबाट अर्को स्टप सम्म पुग्न निश्चित भाडा टोकिदिएको छ । चाहे त्यो ५० मिटर होस् ५,६ किमि , अतः जहाँ गए पनि हिँड्ने दौडने बानी बसाल्नुहोस्, तपाईंहरुलाई थाहा होला मान्छेहरुले दुई नम्बरी धन्दा गरेर, लप्पन छप्पन गरेर, घुसै खाएर, ढाँटेर, लुटेर कमाएको पैसाले लाएको भूँडी घटाउन त बिहानै बेलुकै जगिङ्गको नाममा यही उपाय अपनाइरहेका छन् भने तपाईंले किन नअपनाउने एकलव्यले द्रोणाचार्यलाई गुरु थापना गरे जस्तै तपाईंले पनि वैकुण्ठ मानन्धरले स्विकृती दिए पनि नदिए पनि उहाँ लाई गुरुथापना गरे हुन्छ । परेको म ब्यहोरिन्छु ल । दिनमा कति हिँडे लेखाजोखा राख्नुहोस् । यदि तपाईं त्यति दूरी बसमा, ट्याम्पोमा, ट्याक्सी (एउटै दुरी पार गर्न पनि फरक फरक पैसा चढ्ने) हरुमा भए कति खर्च हुन्छ विचार गर्नुहोस् त ? माथि उल्लेखित सिद्धान्त बचत = कमाई अनुसार दिनमा कति आय हुन्छ हिसाब गर्नुहोस् त ?
कहिलेकाहीँ बस चढ्न मन लाग्यो भने चढे हुन्छ तर अलि आँटिलो हुनुपर्छ र ओर्लनै बेला भयो कि आफ्नो पाकेट मारेको, पैसा हराएको यस्तो अभिनय गर्नुस् कि वरिपरिका मानिसहरुलाई दया लागेर उल्टै दश बीस रुपैयाँ खाजा खान पनि इन्तजाम होस् । यदि यो विद्यामा पारंगत हुँदै गयो भने भोली पर्सी नाटक, रंगमञ्चमा पनि कसो चान्स नपाइएला ? उस्तै प¥यो भने फिलिम, चलचित्रमा पनि ?
अर्को उपाय तपाईले कहिँबाट पनि हजारको नोट एउटा बन्दोबस्त गर्नुहोस् । त्यो एक हजारको नोट अलि च्यात्नुहोस् वा लेमिनेशनै गरे हुन्छ (कहिल्यै खर्च गर्न नपर्ने भएपछि ), अनि साथीहरु माझ हेर न म सँग चानचुन नै छैन भन्ने फर्मुला अपनाउनुस् । यसको लागि ङिच्च दाँत देखाउन चाहिँ अलि सफा, टिलिक्क टल्काई राख्नुहोला, धेरै पैसा पर्ने टुथपेष्ट नै चाहिन्छ भन्ने छैन कसैले नदेख्ने गरी गोलले काम चलाए हुन्छ । हैन भने बुरुस बोकी राख्ने चान्स पायो कि चिलले चल्लालाई छोपे भैंm अरुको मन्जन अट्याक गरी दाँत चैं माझी हाल्ने गर्नुपर्छ । यही फर्मुला साबुनमा पनि लगाउन सक्नुहुन्छ ।
मेरो एकजना साथी भन्नुहुन्थ्यो पानी नै सबभन्दा राम्रो औषधि हो, ज्वरो आयो पानी पट्टी, रुघाखोकी लाग्यो तातोपानी, पखाला लाग्यो नुन चिनी पानी, सेक्नलाई पानी, नुहाउनलाई पानी, पखाल्नलाई पानी अतः तपाईंको पेटमा पनि भोकका आगो दन्दनी बलिरहेको छ भने पानी खाइ दिनुस् । आखिर आगो निभाउन पानी त चाहिन्छ ।
एउटा मिनरल वाटरको वा एक लिटर तथाकथित स्वच्छ पानीको बीस रुपैयाँ पर्छ भने सोच्नुहोस् त दिनमा तपाईंले कति पानी खान सक्नुहुन्छ अर्थात् दिनमा कति बचत गर्न सक्नुहुन्छ ? बचत = कमाई सिद्धान्त अनुसार दिनमा धेरै कमाउन सक्नुहुन्छ । यदि चित्त बुभ्mदैन भने, मन मान्दैन भने भाँडो चाहिँ कहिँ बाट बरु खाली मिनरल वाटर वाटरको इन्तजाम गर्नुहोला ।
एवं रीतले बचाउँदै अर्थात् कमाउँदै जानुहोला मनग्गे फुट्टि कौडी हातमा नलागेपनि । हिसाबको एक प्रति लिखत मलाई पनि पठाउन नबिर्सिनु नी ।
..........................................................................................................................................................................
प्रजातन्त्रको मलामी
यु.कार्की
प्रजातन्त्र इन्तु न चिन्तु भएर दलीय सघन उपचार कक्षको ओछ्यानमा लम्पसार परेको हुन्छ । जीवन रक्षाका लागि जनर्समर्थनको प्राणवायु सुँघाउने कार्य तीव्र गतिमा सञ्चालन गरिँदै हुन्छ । स्वास्थ्यसहायकको टोलीबाट सम्पूर्ण उपचारकार्य पूरा भइसके पनि हलचलको सामान्य लक्षण खुट्याउन धौधौ परिरहेको हुन्छ । प्रजातन्त्रको रेखदेखमा खटिएका राजनीतिक नेतृत्वहरूको अस्तित्वअगाडि संकट देखापरेपछि तिनीहरू सातो गएको छाँटमा कल्याङमल्याङ गर्न थाल्छन् । वैयक्तिक स्वतन्त्रताको लसपसमा परेका एकजना राजनीतिक नेतृत्व क्वाँ क्वाँ गर्न थाल्छन- ''प्रजातन्त्रको बिदावारीसँगै मेरो प्रेमको पनि अन्त्य हुनलाग्यो नि । म त अमरप्रेमको उदाहरण प्रस्तुत गर्न लागेको थिएँ । मेरो घिडघिडोको अकालमा नै अस्तित्व हराउन थालेको छ ।''
जनवादको कल्की भिरेका अर्को नेतृत्व छिःछिः गर्न थाल्छन्- ''यस्तो बेलामा के को वैयक्तिक प्रेमको फलाको छाँट्नु परेको होला ? प्रेम त क्रान्तिकारी धरातलमा उभिएको हुनुपर्छ । वैयक्तिक पे्रमको जात्रा देखाउनु अनैतिक स्वतन्त्रता च्याँठिन्छ- ''केको क्रान्तिकारी थेगो व्यर्थैमा प्रयोग गरेको होला ? भूमिगत कालमा प्रेमलाई लबस्तरी बनायौ । कत्तिले गिजोलेर त्यहीँ हुत्याएर भाग्यौ, पतित हो । अहिले नैतिकताको जात्रा देखाउँछौ ?
यथार्थको कुरुप चरित्र पर््रदर्शनी हुने सुइँको पाएपछि जनवादी प्रसङ्ग अर्कैतिर मोड्छ ''केको बिनासित्तिको गन्थन गरेको होला ? प्रजातन्त्रलाई पो जोगाउनुपर्दछ । चिकित्सकहरू कता निजी क्लिनिकतिर होलान् । खोजेर ल्याउने कार्य गर्नुपर्यो ।''
अपुतालीमा नेतृत्व फेला पारेको घाँटी सुक्नेगरी कराउँछ- ''हाम्रो र्सवश्व प्रजातन्त्रलाई सुइँकिन नदिन, लौन, चिकित्सकहरूलाई हारगुहार गरी ल्याउनुपर्यो । कार्यकर्ता नानीहरू, तपाइँहरूले नै कष्ट गर्नेबेला आइसक्यो ।
नेतृत्वको अस्तित्वलाई जोगाउन खटिएका चेतनहीन कार्यकर्ताहरू यताउता स्वाँस्वाँ र फ्याँ फ्याँ गर्दै कुदाकुद गर्न लाग्छन् । केही समयपछि कार्यकर्ताहरुको एउटा हुलले सेतो लुगा लगाएको एकजना चिकित्सकलाई घिर्सार्दै सुइँकिन लागेको प्रजातन्त्रअगाडि ठिङ्ग उभ्याउँछ ।
उत्तानिएको प्रजातन्त्रतिर पुलुक्क हर्ेनासाथ मुख बिगार्दै चिकित्सक भन्छ- ''कुरै नबुझेर मलाई विनासित्तिँमा लतार्दै तपाइँहरूले यहाँ ल्याएर ठूलो गल्ती गर्नुभएको छ । म त प्रजातान्त्रिक रोगको विशेषज्ञ होइन । जनतान्त्रिक रोगको हेरचाह गर्ने मात्र मैले प्रशिक्षण पाएको छु । जानुस्, छिटो गइहाल्नोस्, विशेषज्ञलाई बोलाएर ल्याउनुहोस् ।''
कार्यकर्ताहरू तोकिएको खान्की गुम्ने भयले एक दोस्रोको मुख हर्ेन थाल्छन् । संयमित हुँदै पुनः चिकित्सकको खोजीमा यतायता धुइँपताल गर्न थाल्छन् । केही छिनकै कुदाकुदबाट अर्को चिकित्सकको हात तान्दै प्रजातन्त्रको समक्ष उभ्याउँछन् ।
चिकित्सक रोगीतिर हर्ेनासाथ हात माड्दै झर्किन्छ- ''मेरो काम बिगारेर यहाँ मलाई ल्याएर व्यर्थैमा दुःख पाउनुभयो । म त लोकतान्त्रिक रोगको मात्र रोकथाम गर्नसक्छु । प्रजातन्त्रसँग हैकमवादी नेतृत्वको हिमचिम गाँसिएको हुन्छ । रोगका कारणहरू अनगिन्ती हुन्छन् । मबाट यस्तो रोगको औषधीमुलो त के पहिचान पनि हुनसक्दैन ।"
लौ वित्याँस पर्यो भन्दै कार्यकर्ताहरू एकछिन पनि नपर्खिएर हस्याङफस्याङ गर्दै फेरि यताउता छरिन्छन् । केही धपेडीपछि एकजना अर्को चिकित्सकलाई घचेट्दै ऐया ऐया भन्ने प्रजातन्त्रसमक्ष उभ्याएर चाँडोचाँडो सास फर्ेन थाल्छन् । प्रजातन्त्रको मुख हेर्नासाथ चिकित्सक रिसाएर भाउन्न हुँदै कराउँछ- ''यस्तो पाजी रोगीको चिकिस्ता गर्नु त परै जाओस् म त यसलाई छुन पनि सक्दिनँ ।''
एकजना नातावादी नेतृत्व अनुशासनको नाङ्गो विस्फोटको तालमा बम्किन्छ- ''रोगी फत्रक्क गर्दै सोझै मृत्युको नजिक पुगिसकेको छ । चिकित्सकलाई बल्लबल्ल फेला पारेर रोगीसमक्ष ल्याउँदा म यस्तो रोगको विशेषज्ञ होइन, ढिस्काना रोगको पारङ्गत होइन भन्दै पुङ्गमाङ्गे विद्वतामात्र छाँट्ने गर्दछन् । चिकित्सक भनेको सबै उस्तै होइनन्, रोगीको औषधीमुलो गर्ने -''
''कहाँ सबै चिकित्सक उस्तै हुन्छन् ? म त जनवादी रोगको मात्र उपचार गर्न सक्छु । हामलाई तालिममा नै प्रजातान्त्रिक रोगीलाई छुन त परै जाओस्, हेदा पनि नहार्नु भनी बाचाबन्धनमा टनक्क बाँधिएको हुन्छ । शोषित जीवाणुबाट थला परेका रोगीलाई मात्र म निको पार्न सक्छु । प्रजातन्त्र त मैले छुनासाथ, सुइँकिन्छ ।'' चिकित्सक च्याँठिदै उत्तर हुइँक्याउँछ ।
''देखियो शोषित जीवाणुबाट थला परेका रोगीहरू । जनवादी रोगीका स्याहारसुसार गर्ने एकभन्दा एक तिनै अलिच्छिनी टपरे, लाठावादी, हुक्केचिलिमे र डोलेका मात्र कपटी शाखासन्तानहरू देखिन्छन् । यहाँबाट अब गइहाल्नुस । ती नक्कली जनवादी रोगीहरूलाई पुलपुल्याउँदै म्याद सकिएको क्रान्तिको सुइ रोपिरहनुस्''- एकजना प्रजातन्त्रमुखी कार्यकर्ता हात छोडुँलाको धुनमा कराउँछ ।
''चिकित्सकले मुख छाड्ने पनि तालिम पाएका हुन्छन् ।'' युवा जनावादी चिकित्सक अरिङ्गालको सिङ्गै गोलो खन्याइँदिउँला भन्ने छाँटमा भन्छ- ''तपाइँहरूको प्रजातन्त्र महाप्रभु गतिछाडा हो । त्यसले सामन्तीलाई साष्टाङ्ग दण्डवत गर्छ, मध्यमवर्गीयलाई दुई हात जोड्दै आशीर्कवाद पाउ भन्छ र श्रमिकको अगाडि टाउको निहुर्याउँदै आशनदाता भन्न लाजै मान्दैन । त्यो लवस्तरोको वरिपरि चमेरे, कल्सौडे, झल्लरीहाते र विदेशीका अर्हौटेहरूमात्र भेटिन्छन् ।''
परिस्थिति विस्फोटका तहमा पुगेर पडकिनुभन्दा पहिले नै केही छ्यासमिसे कार्यकर्ताहरूले संयमलाई अँगाल्दै दुवै पक्षहरूलाई अँचेट्दै विपरित दिशातिर घचेटिदिन्छन् ।
यता प्रजातन्त्र फत्र्याक फत्र्याक गर्दै वरपरतिर हेर्न थाल्छ । अस्तित्वमा नै प्रश्नचिन्ह तरर्सिन थाल्छ । थकाईले निस्लोट भएका कार्यकर्ताहरू यताउता उभिएका नेतृत्ववर्गका फुङ्ग परेको अनुहहारहरूतिर नियाँल्छन् र पुनः उत्साह उमार्दै यताउता कुदाकुद गर्न थाल्छन् । केही समयको पर्खाइपछि एकजना गोरे राजनीतिक चिकित्सकलाई अगाडि लगाउँदै एकहुल कार्यकर्ताहरू देखापर्दछन् । गोरे प्रजातन्त्रतिर दृष्टिपात गर्नासाथ अनुहार अँध्यारो पार्छ । नाडी समाउनासाथ फतफताउँछ- ''तपाइँहरूलाई फर्जातान्त्रको माया छाइन । यो त हाम्रै डिमोक्रेसीको झाडकेलो नाटि हो । इण्डियन ल्याइटेबाट जन्मिएको हो । सन् १९५० तिर हुकाउँछु भानेर नेताले यटा ल्याएको हो । बाडरको हाटमा नरिवल भानेको यही हो । तेसबेला ढेरै भुरा थियो । पाकिस्टानले लगेर मुस्लिम डिमोक्रेसी बनायो । बर्माले मागेर मिलिट्री डिमोक्रेसी बनायो । टपाइँको डेसले हाम्रो डिमोक्रेसी मार्न लाग्यो । यहाँ नेटा ठीक छाइन भने डिमोक्रेसी कसरी बाँच्छ ?''
''होइन होइन, त्यसो नभनौँ । प्रजातन्त्रलाई जसरी पनि तपाइँले बचाउँनुपर्दछ । प्रजातन्त्र मर्यो भने लोकतन्त्र, जनतन्त्र र जनवादका धुन्धुकारीहरूले हर्षर्ढाई गर्दछन् । एकजना कार्यकर्ता तरतरी आँसु झार्दै गोरेसँग हारगुहार गर्छन् ।
''ट्याही टा गाल्टी हो । हाम्रोतिर साबै मुलुकको बिचार मिल्छ । संसदवादी र राष्ट्रपटिय प्रणालीको डिमोक्रेसी भन्छ, कम्युनिष्टले पनि न्यसनल डिमोक्रेसी नै भनेको छ । सबैले डिमोक्रेसी नै भन्छ । माओले पनि नौलो डिमोक्रेसी नै मानेको छ । तपाइँको मुलुकमा बुद्धि फरक, मान्छे फरक र डिमोक्रेसी पनि फरक छ । एउटै शब्दको धेरै नाम भएपछि नेटा पनि बदमास हुन्छ । यस्तो ठाउँमा हाम्रो प्रजातन्त्र बाँच्दैन । यहाँको मान्छे नै ठीक छाइन । अब लोकल धामी बोलाउनुस् र लोकल औषधी खुवाउनुस् । भाग्यको खेल हो, म टा जान्छु ।'' गोरे रिसले मुर्मुरिदै त्यहाँबाट हिँडिहाल्छ ।
कार्यकर्ताहरू सित्तैमा पाइएको खान्की गुम्ने भएले रुवाबासी गर्न थाल्छन् । केही कार्यकर्ताहरू हातले आँसु पुछ्दै मनमा आशाको त्यान्द्रो तुर्लुङ्ग झुण्ड्याउँदै चिकित्सक विशेषज्ञको खोजीमा हानाथाप गर्न लाग्छन् । केही समयको दगुरादगुरले कसैले पूर्वबाट, कसैले पश्चिमबाट, केहीले दक्षिणबाट, बाँकीले उत्तरबाट र छुटफुटले कुनाकाप्चातिरबाट एकएक थान विशेषज्ञ समात्दै प्रजातन्त्रसमक्ष उभ्याउँछन् । राजनीतिक नेतृत्वहरू आआफ्नो राजनीतिक व्यापारलाई नाफामुलक बनाउन र प्रजातन्त्रलाई सञ्जीवनी चटाएर स्वार्थअनुकुल प्रयोग गर्न ठाउँ, कुठाउँ र भूमिभित्र र भूमिबाहिर जताततैबाट जम्मा हुनथाल्छन् ।
राजनीतिलाई जहिलेसुकै दुहुनागाई बनाएका च्याँखे नेता देखापर्दछन्, बुद्धिजति रित्याएर नेताका पछिलाग्ने खञ्चुवा नेता पनि आउँछन, दल टुक्राटुक्रा भएर सखाप भए पनि र्सवकालिन नेताको पदेन पगरी पाएका पनि टुसुक्क आइपुग्छन्, लेख्न पुस्तकमा जनताका विषयवस्तु र मौका पाए नोटहरू छापिरहने टक्सारेनेताले पनि मौका गुमाउँदैनन्, परिद्यानविन्याँस बिरालोचालमा देखा पर्नुपर्ने चिरीच्याँट नेताका अनुहार पनि देखापर्छ, अपुतालीमा नेतापद पाएका पनि उपस्थिति जनाउँछन् र प्रजातन्त्रको भाषण छाँटेर दलमा निरंकुशताको खुल्ला व्यवस्थापन गर्नेजस्ता नेता पनि उपपस्थिति जनाउँन पछि पर्दैनन् ।
विशेषज्ञहरू प्रजातन्त्रको जिउभरी विभिन्न किसिमका यन्त्रका तारहरू टाँस्न थाल्छन् । यन्त्रहरूले ओकलेका तथ्यहरू सहायकहरू वरिपरी उभिएर केही तथ्य नछुटाएर गम्भीर किसिमले लेख्दै हुन्छन् । कोही सबैका तथ्यहरू एकठाउँमा जम्मा गरेर समीकरणको प्रक्रियातिर लागेका हुन्छन् । यता राजनीतिक नेतृत्वहरू राजनीतिक व्यापार नै गुम्ने भयले कोही बस्ने कोही उठ्ने र कोही मुख अध्यारो पार्दै छट्पटी पर््रदशन गर्दै हुन्छन् । प्रजातन्त्र तलमाथि हुनासाथ जनतन्त्र, लोकतन्त्र, जनवाद, गणतन्त्र र मपाइँतन्त्र सबै किसिमका राजनीतिक थेगोको अस्तित्व गुम्ने निश्चित थियो । यसैले प्रजातन्त्रको गम्भीर अवस्थामा सबै नेतृत्वमाझ खँदिलो एकता गाँसिएको झझल्को पाइन्थ्यो ।
विशेषज्ञहरूले परीक्षणमा नै बढी समय बिताएको देखेर एकजना विशेषज्ञ नजिक गएर भन्छ- ''चिकित्सकज्यू, प्रजातन्त्रको बच्ने छाँट कत्तिको छ ?''
विशेषज्ञ च्याठिन्छ- ''तपाईहरू सत्ता पुङमाङे नेतृत्वले नै सत्ताको लुछाचुँड गर्दै अन्त्यमा प्रजातन्त्रलाई घाट नै पुर्याउने कार्य गर्नुभएको छ ।''
अर्को विशेषज्ञ थप्छ- ''प्रजातन्त्रलाई नेतृत्वले निरंकुशताको सेरोफेरोतिर बसउठ गराएपछि अहमताको कुलतले समात्ने निश्चित छ । यस्तो कुलतमा परेपछि ढीलोचाँडो प्रजातन्त्रलाई घाटतिर नपुर्याएर सुख्खै पाइँदैन ।''
तेस्रो विशेषज्ञ त्यहाँ आएर भन्छ- ''प्रणाली जहिलेसुकै प्रजातान्त्रिक हो भन्दै धमास दिने, तर कहिल्यै त्यसअनुकुल चिन्तन र व्यवहार प्रस्तुत नगरेपछि प्रजातन्त्रको के कुरो गर्ने ? नेतृत्वजत्तिको पनि अन्त्यमा सद्गति गर्नेपर्छ ।''
चौथो विशेषज्ञ झन् च्याँठिन्छ- ''फलाको छाँट्ने र्सवहाराको राजनीतिको । झण्डा उचाल्ने नौलो प्रजातन्त्रको र नेतृत्व सामन्तीका छाउराहरूलाई सुम्पिएपछि प्रजातन्त्रको घिडघिडो बाँकी हुने सम्भावना नै हुँदैन ।''
पाँचौँ विशेषज्ञ हातबाट पञ्जा निकाल्दै त्यही आएर भन्छ- ''वादविवाद र थकथकी गर्ने समय सिदिसक्यो । प्रजातन्त्रको आत्म नश्वर शरीरबाट सदाका लागि फुस्किसकेको छ । अन्तिम सद्गतिमा संलग्न भएर गोहीको आँशु झार्ने इच्छा छ वा सम्वेदनाको विज्ञप्ति निकाल्नु छ भने नेतृत्ववर्ग अगाडि आउनुस्, हामी त हिँडौँ ।''
प्रजातन्त्र जीवनरहित लास भएको सुनेपछि कार्यकर्ताहरू विरक्तिएर भौत्तारिन थाल्छन् राजनीतिमा जहिलेसुकै ताजा नौनी पचाउने छट्टुहरू सेरोफेरोलाई नै पिरोल्दै विरुप स्वरमा क्वाँ क्वाँ गर्न थाल्छन् । ठूलो भाग जिप्ट्याउने दाउमा रहेका क्षुद्र नेतृत्वहरू थाप्लामा हात राखेर तपतपी पश्चातापको आँशु बगाउन थाल्छन् । नेतृत्व एकजना सिद्धान्तवादी कल्पिएको प्रष्ट सुनिन्छ- ''मेरो प्रेम सिद्धान्तसँग थियो । म सिद्धान्तसँग लगनगाँठो कस्सेर साँचो प्रजातान्त्रिक परिवार सृजना गर्न चाहन्थेँ । प्रजातन्त्रको गमनसँगै मेरो प्रेमको हंस सदाको लागि उड्यो । म सिद्धान्तविहीन राजनीतिक राँडो भएको छु ।
आशनप्रेमी नेतृत्व छातीमा मुड्की बजार्दै फतफताउँछ- ''प्रजातन्त्र थला परेपछि मेरो आशनीप्रेम उन्मुक्तताको शिखरसम्म पुगेको थियो । त्यस्तो उदात्तप्रेमको उदाहरणनै प्रस्तुत गर्न सकिँदैन । म आशनीमा बसेर खान्थेँ, आशनीमा बसेर नै लडिबुडी खेल्दै सुत्थेँ र आशनी नै टाँसेर जताततै हिँडडुल गर्थें । हाम्रो दुई ज्यान भन्नैपर्यो भने एक थियो । प्रजातन्त्र परलोकतिर लागेपछि मेरो आशनीप्रेमको विछोड भएको छ । म प्रेमविहीन पानीविनाको काकाकुल भएको छु ।
जनवादी नेतृत्व सुँकसुँक गर्दै क्रान्तिकारी बिलौना भट्याउन थाल्छ- ''प्रजातन्त्र त मेरो राजनीतिको न्यूनतम कार्यक्रम थियो म त अधिकतम कार्यक्रम समाजवादसँग बासनाविभक्त प्रेम गर्दथेँ । म समाजवाद उच्चारण गर्नासाथ आकासका तारा झार्न पनि तयार हुन्थेँ । म समाजवादकै स्तुतिमा जिन्दगी बिताउन चाहन्थेँ । न्यूनतम कार्यक्रम प्रजातन्त्रसँग मेरो रोमान्समात्र गाँसिएको थियो । प्रजातन्त्र बिलाएपछि मेरो रोमान्सको पनि उठिबास भएको छ । अब त मेरी बुढी क्रान्ति पनि परपर मृगतृष्णाझैँ कल्पनीमा मात्र देखिन थालेकी छ ।
केही कार्यकर्ताहरू नेतृत्वतिर थुक्क गर्दै भन्छन्- 'लोभीमुदा हो, नेतृत्वका भोका हो, छिर्केवाज हो र जनसमूहलाई मुर्ख बनाउने पातकी हो । अब राजनीतिको नाटकको अन्तिम पर्दा सधैँका लागि झार, नेतृत्वको आवरण हटाएर आफ्नो नाङ्गोपन सबैलाई देखाऊ ।'
देख्दादेख्दै अर्थी तयार हुन्छ । प्रजातन्त्रलाई अर्थीमा उत्तानो पारेपछि टन्न बाँधिन्छ । कार्यकर्ताहरूले काँध थापेर घाटतिर सोझ्याउँछन् । पछाडिबाट गीतियुक्त स्वर सुनिन थाल्छः
राजनीति जस्तोसुकै झुट हो ।
नेतृत्वको मात्र लुटपाट हो ।
प्रजातन्त्र झन भाँडभैलो हो ।
छट्टुहरूको मागीखाने भाँडो हो ।
साभारः फित्कौली
.....................................................................................
.....................................................................................
प्रधानमंत्रीज्यू
राकेश कार्की
लस् एन्जेलस्
Email to friend
Add to Bookmark
Send your feedback
Printer Friendly
सबैले छानेर छोडेको साडी जस्तै
गतिभूलि ठोक्किएको गाडी जस्तै
दुनियाँको आँखामा छारो हालेर
प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै
बिग्रीएर भत्किएर अलपत्र परेको
इतिहास हराएको सिंधुलीमाडी जस्तै
प्रधानमंत्री ज्यू ! बेहाल भो देश नेपाल
पापी बगरेले घिस्साएको पाडी जस्तै
..........................................................................................................................................................................
गाउखाने कथाको सङग्रह
१ बाबु एउटै भए पनि पाँच भाई छोरा
ति पाँचको घर पाँच तर एक द्वार - के हो ?
२ प्राए जसो सबै पाल्छन काटी खान हुन्न
नयाँ मानिस कोही आए सिधै पस्न दिन्न - के हो ?
३ उसले बोल्दा सबै सुती सुती सुन्छन कुरा
सबै बुझ्न सके मानिस ज्ञानी हुन्छन - के हो ?
४ भुँडी भरी झोल हाली अनी हावा भर्छन
मुखबाट बान्ता आए सलाई कोरी झोस्छन - के हो ?
५ प्राए हुन्छ जङलमा घर द्वार छैन एकै छिन
चुप लागि बस्ने पनि होइन - के हो ?
६ हात खुट्टा केही छैन जता सुकै जान्छ
बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ - के हो ?
७ जती धेरै भए पनि धेरै कहिले हुन्न
त्यसको लोभले मानिसलाई कहिले छोड्ने छैन के हो ?
८ मन चोर्ने मायालु ति राती राती आउछिन
उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन के हो ?
९ कम्मर कसी काम गर्ने हाम्री घरकी नानी
जति पछि हुँदै गयो उति हुन्छिन सानी - के हो ?
१० सानो सानो ओडारमा सेता भेडा बाख्रा
पाको उमेर भए पछि लाग्छन एत्र तत्र - के हो ?
(उत्तर: १ - हत्केला , २ - कुकुर , ३ - रेडियो , ४ - स्टोभ बालेको , ५ - बाँदर , ६ - चिठ्ठी , ७ - धन सम्पत्ति , ८ - सपना , ९ - कुचो , १० - दात )
0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला) Labels: gaukhaanekatha
१ सफा चिज चाहिदैन फोहरमा बस्छ
रात भरि आहार खोजी दिन भरि लुक्छ - के हो र ?
२ घुम्ने मेरो काम हो सधैं भरि घुम्छु
पानी खान पाए भने आराम सँग सुत्छु - के हो ?
३ लामो लामो लहरमा फल्ने मिठो फल
खादा भने मुख भरी हुन्छ जलै जल - के हो ?
४ सानी सानी नानी मिली बटुलेको खाना
पाए सम्म सबै खान्छन मिठो मानीकन के हो ?
५ मानिसको व्यबहारमा ठुलो काम दिन्छ
तल माथि पर्यो भने ज्यानै पनि लिन्छ - के हो ?
६ जती धेरै खाए पनि बढी हुने होइन
बरु उल्तै मिल्दै जान्छ खाने लाई चैन - के हो ?
७ दिन भरि कुन्नी कता मस्त सँग सुत्छ
रात पर्दा बत्ती बाल्दै गाउ गाउ डुल्छ - के हो ?
( उत्तर: १ - लामखुट्टे , २ - घडी , ३ - अङ्गुर , ४ - मह , ५ - बलेको स्टोभ , ६ - बिद्या , ७ - जुनकिरी )
..........................................................................................................................................................................
Showing newest posts with label हाँस्य ब्यंग्य. Show older posts Showing newest posts with label हाँस्य ब्यंग्य. Show older postsतपाईं किन कमेन्ट गर्नु हुन्न मलाई थाहा छ
Thursday, March 11, 2010
१. झुर टाँसो
आज तपाईंलाई "टिप्पी" हान्ने खुब मन छ | तपाईं ब्लग लिंकमा क्लिक गर्दै घुमी रहनु भएको छ | तर एउटा यस्तो टाँसो आयो कि पहिलो प्याराले नै तपाईंको पुरै मुड खराब बनायो... हेत्तरिका कस्तो पोष्टमा क्लिक गरेछु .... तपाईंलाई थकथकि लाग्छ ... तपाईं टिप्पी त के फुल साईट नि हान्नु हुन्न |
२. बरिष्ट टाँसो
तपाईंलाई कुनै कुनै ब्लगर बिशेषका टाँसो यति बरिष्ठ लाग्छ कि तपाईं हम्मेसी बुझ्नु हुन्न | तपाईंले ध्यान दिएर दुई पटक पढिसक्नु भो | तर तपाईं आफैं लाई शंका छ... बुझें कि बुझिन | त्यत्तिकै प्याच्च कमेन्ट गर्नु नि भएन... होस् बरु अर्को पटक मज्जाले पढेर कमेन्ट लेख्छु | अनि कमेन्ट खुस्कियो |
३. पुराना कमेन्ट
कुनै पोष्टमा तपाईंले देख्नु भो कमेन्टको लाम लागेको छ | तर सब उस्तै "वाह" "अति सुन्दर" "गज्जबको टाँसो" "बबाल" "राम्रो छ" "चमक चमक".... तपाईंलाई कागको बथानमा कागै बन्ने मन छैन... अनि तपाईंलाई कुनै त्यस्तो शब्द नि फुर्दैन जो अरु भन्दा भिन्न होस्.... अनि पोष्ट संग अलि अलि मिल्ने पनि होस्.... तपाईंलाई टिप्पी हान्ने मनै मरेर आउँछ |
४. प्रतिस्पर्धी ब्लगर
तपाईं भ्रममा हुनुहुन्छ कि कुनै ब्लगर संग तपाईंको कडा टक्कर छ | तैपनि आपसी सद्भावको लागि तपाईं टिप्पी हान्ने गर्नु हुन्थ्यो | तर तपाईंको अस्तिको पोष्टमा उसले टिप्पी हानेन | तपाईंले भर्खर पनि कमेन्ट बक्स रिफ्रेस गर्नु भएकै हो | अहँ छाँट काँट छैन ... | त्यो मुलाकोमा तपाईं मात्रै किन कमेन्ट गर्नु ...?
५. कनिस्ठ ब्लगर
तपाईं आफु यति बरिष्ठ हुनुहुन्छ कि चानचुन काम तपाईं गर्दै गर्नु हुन्न | कुनै जुनियर केटोले खतरा टाँसो लेखेको छ | तर तपाईंलाई आफ्नो रिपुटेसनको चिन्ता छ | तपाईं जो सुकैकोमा कमेन्ट गर्ने चानचुने ब्लगर हुँदै होइन | यसमा कमेन्ट गर्नु किन ?
६. पोजिसन
तपाईं अहिले यस्तो पोजिसनमा बसेर कम्प्युटर हेरी राख्नु भएको छ कि ... माउस देखि बाहेक किबोर्ड सिबोर्ड चलाउने तपाईंलाई जाँगरै छैन | अनि त सुद्द पढ्ने र मन मनै बिचार गर्ने मात्र काम हो | कमेन्ट ? ह्या ....
७. आक्रामक टाँसो
कुनै टाँसो यति आक्रामक छ कि ... तपाईं अलिक चाँडो आएर मात्रै नत्र अरु कमेन्टेटरको फाईट पक्का देख्नु हुन्थ्यो | अनि तपाईंमा सुरु मै तलमाथि लेखेर आगोमा हाम्फाल्ने आँट पनि छैन | बरु होस् ... दुई चार दिन अरुको फाईट हेरौंला ... अनि जता तिर अलिक सुरक्षित हुन्छ त्यतै लागौंला |
-----------------------
उहिले एउटा हिन्दी ब्लगमा यस्तै खाले पोष्ट पढेको थिएँ | अहिले जति खोजे नि मर्दा भेटिएन | नत्र त पोष्ट अझ लामो पार्न र श्रोत देखाउन खुराक मिल्थ्यो होला | सरि है |
21 Comments Links to this post Labels: Blog, हाँस्य ब्यंग्य
रिमिक्स ब्लग
Saturday, December 19, 2009
जमाना रिमिक्सको छ | गीत, सङ्गीत, चलचित्र, राजनीति चारै तिर रिमिक्स र रिमेकको हाली मुहाली छ | यसमा नेपाली ब्लग के कम ? मैले केहि ब्लगहरुको रिमिक्स गर्ने प्रयास गरेको छु | हुन त केहि अगाडी नै दुर्जेयजीले ब्लगमा रिमिक्सको प्रयोग गरिसक्नु भएको छ | तर यो रिमिक्स चाहिँ अलिक भिन्न र अपजसे रिमिक्स हो | यो रिमिक्स र रिमेक भन्दा नि धेर चाहिँ मिमेक (मिमिक्री) हो | सुरक्षाको कारणले कुनकुन ब्लगको रिमिक्स गरिएको हो त्यसलाई लुकाइएको छ | पत्ता लगाएर मनैमा लुकाई राख्ने काम तपाईंहरुको |
१. साला हाउगुजी मन्त्रिहरु ...
माच् *** मु *** जाँ *** नेताहरु सब भ्रस्ट छन ... त्यो माच् *** प्रचण्डलाई मैले बेइजिंग नजाने आदेश दिएको छु ...... त्यो मु*** माकुने किन बेला बेला दिल्ली जान्छ .... नेपाललाई मधेशीले भन्दा ति माच् *** जाँ *** पहाडीहरुले भारत परस्त बनाएका हुन् ... बरु प्यारा उपेन्द्र यादव देशभक्त हुन् ... त्यो माच्*** गिरिजा देशको भार ... मु*** देउवा हात्तिसार ...
बरु माओबादी ठिक छ ... सरकार यिनेर्कै बन्नु पर्छ ...
अरु नेपाली नेता मन्त्रिहरु हरामी छन ... माच् *** साला मु*** मन्त्रिहरु... साला हाउगुजी मन्त्रिहरु....
माच् ***
- समर्थकको लागि लत्ता कपडाको व्यवस्था छ |
२. राजेस हमालको सब्जी खेति
हामी बिहान उठ्यौं | हामीले मुख धोयौं | हामीले घुम्ने योजना बनाएका थियौं | हामी गाडीमा चड्यौं | गाडी स्पीड कुदयो | जाँदा जाँदै हामी हराईम | बिचै बाटोमा राजेस हमाल भेटिए | हमाल सब्जी खेति गर्दा रहेछन | उनको पाँच ओटा गार्डेन चार ओटा क्याम्प रहेछ | हामीले कोपी फलेको देख्यौं | हामीले साग फलेको देख्यौं | हामीले बोडी फलेको देख्यौं | हामीलाई नेपाल जस्तै लाग्यो | हामीले एक श्वोरमा लेख्यौं : ओहो ..क्या कमालको सब्जी खेति ... ओहो राजेस हमालको सब्जी खेति |
३. संघर्षरत त्यो सियो ...
झिलिक्क झिलिक्क
तल माथि
हुरी किरण काला काला बादल
कोठाको कुनामा
त्यो टेबल
धिप धिप
घर पिछाडी करेसाबारी
बिचारा
सियो
४. ब्लगर ड्यासबोर्डलाई छ्यास पार्नुहोस
करिब अडाई घण्टा अगाडी देखि नै केहि नयाँ तथा पुराना ब्लगर साथिले मलाई ब्लगर ड्यासबोर्डलाई छ्यास पार्ने तरिकाको बारेमा सोध्दै आउनु भएको थियो | केही साथीहरुलाई ईमेलबाट सामान्य तरिका बताए पनि अरु नयाँ आउनेहरुलाई पनि सहयोग होस भन्ने उद्देश्यले यो पोष्ट लेख्दैछु ।
ड्यास बोर्ड छ्यास बनाउने सन्दर्भमा तपाईंको आवश्यकता अनुसार कोडहरुमा सामान्य हेरफेर गर्नुपर्ने हुन सक्छ | सबै कुरालाई फेरिपनि लेख्दा दोहरिने सम्भावना भएकोले र छ्यास बनाउने बिषय पहिले नै धेरै पटक उल्लेख गरिसकेको हुनाले यसरि लेखेको छु |
यदि तपाईंलाई ड्यास बोर्ड पुरै छ्यास बनाउने मन छ भने यहाँ क्लिक गर्नुहोस |
यदि तपाईंलाई ड्यास बोर्ड आधी उधि छ्यास बनाउने मन छ भने यहाँ क्लिक गर्नुहोस |
यदि तपाईंलाई ड्यास बोर्ड पितिक्क मात्र छ्यास बनाउने मन छ भने यहाँ क्लिक गर्नुहोस |
यदि तपाईंलाई ड्यास बोर्ड छ्यास बनाउने मन छैन भने काहिँ पनि क्लिक नगर्नुहोस | माउस खेलाई मात्र रहनुहोस् |
५. "संगीता" सुन्नुहोस
यो ब्लगको यो अंकमा हामीले चर्चित नेपाली उपन्यासकार "धारापानी" प्रसिद्द कृति संगीताको पहिलो अंक प्रस्तुत गरेका छौं | पेज खुलेर यहाँ सम्म पढ्न भ्याई सक्नु भएकोमा बधाई छ | बाँकी ग्यारन्टी हामी लिन सक्दैनौं | संगीता - १ सुन्न तल क्लिक गर्नु होला |
क्लिक गर्दा नि खुलेन ? यस्तै हुन्छ भन्ने हामिलाई थाहा थियो | ठिकै छ, हामि संग अर्को उपाय छ | धुलिखेलबाट काठमाडौँ जाने बिहान साढे आठ बजेको बस चड्नु होस् | पुरानो बसपार्कमा उत्रेर प्रदर्शनी मार्ग तिर लुखुर लुखुर आउनुहोस | त्यहाँ साझा पुस्तक भण्डारको ठुलो महल छ | भित्र छिरेर संगीता पुस्तक किन्नुहोस् र घर लगेर मज्जाले पढ्नुहोस |
पढिसके पछी कृति कस्तो लाग्यो यो पेजमा आएर कमेन्ट गर्न नभुल्नु होला |
--------------------
श्रोत: मैले पढ्ने मध्येका केहि ब्लगहरु
15 Comments Links to this post Labels: Blog, हाँस्य ब्यंग्य
हाम्रा माग पुरा गर !
Tuesday, August 18, 2009
अचेल भरि जुट्ने, फुट्ने, भेला गोष्टि गर्ने, बन्द धर्ना गर्ने सब कुरामा नेपाल अगाडी छ | नेपाली ब्लग नि यसमा पछी रहने कुरा भएन | अचेल ठुलो हल्ला खल्ला छ देशमा - परदेशमा | अनि मैले पनि बुझेको छु मौका यहि हो |
ए मेरा पिडित साथि ! ल आउँ यहि मौकामा हामि नि आफ्ना माग पुरा गराउन कम्मर कसौं |
------------------------------------------
नेपाली ब्लग सरकार ! हाम्रा माग पुरा गर !
------------------------------------------
हाम्रा निम्न ५ सुत्रिय माग २४ घण्टा भित्र पुरा गर्न जोडदार अपिल गर्दछौं | अन्यथा अनिश्चितकालिन ब्लग बन्द गर्ने घोषणा गर्दछौं | त्यतिमा नि सरकारको चित्त नबुझे थप कडा संघर्षका कार्यक्रमहरु घोषणा गर्नेछौं |
१. कि त "टाँसो"लाई "टाँसो" नभनियोस वा tanso, taanso, taso, tan - so आदि जे लेख्दा पनि "टाँसो" नै देखिने गरिको प्रबिधिको बिकास गर्न गुगल, युनीकोड नेपाली लगायतका साईटलाई दबाब दिन उच्च स्तरीय समितिको घोषणा गरियोस |
२. जिमेल र इमेल हेर्दाहेर्दै सेल, तेलको किनमेल देखि फिमेल सम्म भुल्नु पर्ने बाध्यता रहेको हुँदा गुगल ग्रुपबाट दिनमा बढीमा एक इमेल आउने गरिको व्यवस्था मिलायोस |
३. नेपाली ब्लगरको धेरै लोगो रहेको हुँदा कुनै एक मात्र लोगो आफ्नो ब्लगमा राखे अरु लोगो चाहिँ भारत र चीनको ब्लगरको भए जस्तो बुझिने र सप्पै लोगो राखे अरु साथि ब्लगरको "लिंक एक्सचेन्ज"मा ठाउँ बाँकी नरहने हुँदा कि त एउटा लोगो मात्र पास गरियोस वा सबै लोगो हरुको अलि अलि हिस्सा चुँडेर एउटा सर्बदलीय लोगो बनाईयोस |
४. ब्लगरहरुलाई ब्लग कसरि बनाउने मात्र होइन ब्लगबाट पैसा कसरि कमाउने भन्ने बिषयमा पनि उदाहरण सहित जानकारी दिने व्यवस्था मिलाईयोस |
५. नेपाली ब्लग जगतको असन्तुष्ट समुह बढ्दै गएको र निकट भविष्य मै ससस्त्र ब्लगर जन्मिन सक्ने व्यापक आशंका रहेको हुँदा ब्लगरको केहि निश्चित प्रतिशत संख्यालाई समय मै शहिद घोषणा गरि सुबिधा समेत उपलब्ध गराईयोस |
पिडित नेपाली ब्लगरहरु
24 Comments Links to this post Labels: Blog, हाँस्य ब्यंग्य
आवश्यकता (Hiring)
Saturday, June 20, 2009
नेपाली ब्लग संसारको दायरा दिन दुगुना रात चौगुना बढ्दै गएको यथार्थलाई मध्यनजर गर्दै यसलाई अझ ब्यबस्थित र मर्यादित बनाउनको लागि नेपाली ब्लग प्रति समर्पित निम्न बमोजिम योग्य टिप्पणीकारको आवश्यकता महसुस गरिएको छ |
--------------------------------------------
पद : टिप्पणी अधिकृत (श्रेणी क)
न्युनतम योग्यता :
१. नेपाल सम्बन्धि मामिलामा दख्खल राख्ने
२. गत ६ महिनाको आँकडामा औसतमा दैनिक कम्तिमा ३ "टिप्पी" दिएको
३. हुँदै नभएको कुरालाई बढाई चढाई गरेर बेलुका सम्बन्धित ब्लगरलाई ऐना हेर्न बाध्य बनाउने बिशेष क्षमता भएको
४. कुनै साधारण पोष्टलाई संसार कै अव्दितीय सिर्जनासंग साँच्चै हो नै जस्तो गरेर तुलना गर्न सक्ने खुबी भएको
५. राम्रो, नराम्रो, कुरूप, सुरुप हरेक पोष्टलाई "अति सुन्दर" बताउन सक्ने क्षमता भएको |
---------------------------------------------
पद : टिप्पणी अधिकृत (श्रेणी ख)
न्युनतम योग्यता :
१. नेपाल सम्बन्धि मामिलामा दख्खल राख्ने
२. गत ६ महिनाको आँकडामा औसतमा दैनिक कम्तिमा ३ "टिप्पी" दिएको
३. हुँदै नभएको गल्ति खोजि खोजि निकालेर ब्लगरलाई आच्छुँ आच्छुँ पार्न सक्ने खुबी भएको
४. नकारात्मत टिप्पणीमा कलात्मक रुपमा गलत शब्द प्रयोग गर्ने बिशेष क्षमता भएको
५. जुनसुकै ब्लगरको सहि मुल्यांकनलाई पनि तर्क वा शब्दको माध्यमबाट गलत बनाई दिन सक्ने क्षमता भएको
तलब सुबिधा :
- ब्लगर र अन्य टिप्पणीकारले गरेको तपाईंको टिप्पणीको स्तर मुल्यांकनलाई आधार मानि तलब गणना गरिने छ |
- ख श्रेणीको टिप्पणी अधिकृतको हकमा, जसले टिप्पणी कै माध्यमबाट कुनै ब्लगरलाई ब्लग बन्द गरि चुपचाप बस्न बाध्य बनाउँछ, नेपाली ब्लग जगतमा उसले दिएको योगदानको उच्च कदरगर्दै उसको आधारभूत तलबको डेढा बराबर हुन आउने गरि रकम गणना गरिने छ |
- जुन दिन देखि ब्लगरले ब्लग चलाए बापत पैसा कमाउन थाल्नेछन ... त्यसको भोलिपल्ट देखि तपाईंको खातामा रकम जम्मा हुनेछ |
दरखास्त दिने तरिका :
यहि पोष्टको कमेन्ट बक्समा गएर श्रेणी नछुट्याई कमेन्ट लेख्नु होला | तपाईंले गर्नु भएको कमेन्टको स्तरको आधारमा सम्बन्धित श्रेणीमा पर्ने गरि तपाईंलाई सर्टलिस्ट गरि अनलाईन इन्टरभ्युमा बोलाईने छ |
नेपाली भाषा पनि जानेको र ब्लगर वा वर्डप्रेसमा कुनै न कुनै एकाउन्ट भएको निवेदकलाई बिशेष ग्राह्यता दिईनेछ |
(नोट : जसले राम्रो कुराको समर्थन र नराम्रो कुराको सभ्य भाषामा बिरोध गरेको छ, उसले सर्ट-लिस्टेड हुने र जागिर पाउने कुरा सपनामा पनि नचिताए हुन्छ | )
17 Comments Links to this post Labels: Blog, हाँस्य ब्यंग्य
साला ! क्याम्पसको साडी जस्तो जिन्दगी...
Friday, June 19, 2009
फोटो श्रोत : sikhiwiki
१. खै किन हो अचेल भरि मलाई तान्न सारै गाह्रो हुँदैछ
अँट् ... अँ.... ट्
अँह छैन
अँट्
अँट्
मरे निस्किएन
अँट्
अँट्
जति तान्न खोजे नि तानिदैन
के गर्ने ?
अँट्
अँट्
हैन के भा यस्तो...
अँट्
अँट्
यसपाली फेरी केमा अड्केछ
मोरो शब्द !!
अँट् अँट्
२. हुन त बातावरण नि चाहिएला
उहिले उहिले ऋषि मुनि
सगरमाथामा लेख्थे
त्यहाँ नफुरे कन्चनजंघामा लेख्थे
त्यहाँ नि नफुरे
धौलागिरी, माछापुच्छ्रे, लोत्से, नुप्से
त्यहाँ नि नफुरे
अझ अरु नै
तर कहिँ न कहिँ पुग्थे पुग्थे
उहिले उहिले रिसी मुनि माटामा लेख्थे
त्यहाँ नफुरे पातमा लेख्थे
त्यहाँ नि नफुरे पाटि, पौवा, रुख, जरा
त्यहाँ नि नफुरे
अझ अरु नै
तर केहि न केहि खोज्थे खोज्थे
तर अहिले म
सँधै उही पुरानो अपार्टमेन्ट
सँधै उही पुरानो कुर्शी
अनि सँधै उही पुरानो ल्यापटप
अनि फुर्ला कसरि !!!
३. अचेल दिक्क छु म जिन्दगी देखि...
बिहान उठो
पहेंलो दाँत टल्कायो
दुई पाउरोटी भित्र अलिकति साग हालो
अनि टन्न अघायो ..
दिनभर पहाड पर्बत पल्टायो
अनि सुल्टायो
र फेरी उल्टायो
अनि बेलुकी लखतरान हुँदै
उही पुरानो डेरा जमायो
जाँड तन्न तान्यो, सुत्यो...
साला ! क्याम्पसको साडी जस्तो जिन्दगी...
14 Comments Links to this post Labels: हाँस्य ब्यंग्य
संबिधान सभालाई खुला पत्र
Sunday, June 7, 2009
सम्माननीय अध्यक्ष ज्यू
संबिधान सभा
काठमाडौँ नेपाल,
लोक सम्मतिको आधारमा राज्य व्यबस्था संचालन गर्ने नेपालको शासकीय परम्परा रहेको र हालैका बर्षहरुमा भएको बिभिन्न आन्दोलनको मागलाइ सम्बोधन गर्ने क्रममा संबैधानिक रुपमै मुलुकलाई बिभिन्न भागमा चिरा चिरा पारी संघीय प्रणालीमा जाने कुरामा आम सहमति बनिसकेको परिपेक्षमा जुन आधारमा भए पनि सहमति बनाई देशलाई बिभिन्न राज्यमा टुक्रा टुक्रा पार्दा :
१. यदि जातजातिको आधारमा राज्यको नामकरण गरे त्यो राज्यमा रहने अरु अल्पसंख्यक वा बहुसंख्यक जाति सन्तुष्ट नहुने र कालान्तरमा छुट्टै राज्यको लागि फेरी आन्दोलन गर्नु पर्ने स्थिति सिर्जना हुने हुनाले,
२. भाषा र धर्मको आधारमा नामकरण गरे एउटै भाषा र धर्मको बढी प्रभाब पर्न गई संघियताको वास्तविक लक्ष्य हाँसिल नहुने भएकोले,
३. ऐतिहाँसिक आधारमा नामकरण गरे यो एक्काईसौं शताब्दीमा चिर-प्रतिगामी कदम ठहरिन सक्ने भएकोले,
४. भौगोलिक आधारमा नामकरण गरे एकातिर जटिल भूभाग रहेकोले कालान्तरमा अप्ठ्यारो पर्ने र अर्कोतिर कतिपय नाम दोहरीएर जनतालाइ नयाँपनको आभाष नहुने भएकोले,
५. र यदि नदिको आधारमा नामकरण गरे बग्दै भारत पुगी अन्तिममा गंगामा नै मिसिने डर भएकोले,
जाति, धर्म, भाषा, ईतिहाँस, भूगोल, संस्कृति, नदी आदि जे आधारमा देशलाइ भागबन्डा गरे पनि नामकरण गर्दा चाहिं जनताको मनमा बस्न सक्ने दैनिक जनजीबनमा आधारित शब्द चयन गरियोस भन्ने हाम्रो आग्रह छ | यसको लागि केहि नमुना नामहरु यसप्रकार छन :
काठमाडौँ उपत्यका र छेउछाउ
काठमाडौँले धुलो धुवाँमा एसिया कै पहिलो उपाधि जितिसकेको, फोहोर पानीको समस्या दशकौं देखि जल्दो बल्दो रहेको र यिनै फोहोर पानी प्रदुषण आदिबाट नै जन्डिस जस्ता रोगहरु को सिर्जना हुने अनि ति रोगको उपचार र स्वास्थ्यकर जीवनयापन लागि पनी औषधि र खाध्य पदार्थको रुपमा फलफुलको प्रमुख भूमिका रहिआएको परिपेक्षमा काठमाडौँलाइ रोगरहित र स्वास्थ्यकर जीवनको नमुना ठाउंको रुपमा बिकाश गर्नको निमित्त यदि केहि-कथम काठमाडौँ र सो वरिपरीको क्षेत्रलाइ समेटेर कुनै राज्यको धोषणा गरिए सो राज्यको नाम "मेवा स्वायेत्त प्रदेश" राखियोस |
पश्चिम पहाड
सदियौं देखि नेपाली खानामा गुन्द्रुक र त्यसको रसको प्रमुख भूमिका रहिआएको, र आधुनिक जमानामा पनी प्रमुख नेपाली उत्पादन चाऊचाऊको मध्यमबाट भएनी सुपको भूमिका अझै जीवित रहेको सन्दर्भमा पश्चिम पहाडको क्षेत्रलाई समेटेर कुनै राज्यको घोषणा भएमा त्यसको नाम "रस प्रदेश" राखियोस | यसबाट चोक्टा र झोलको पुरानो नेपाली उखान चरितार्थ हुनुको साथै आधुनिक जमानामा चोक्टा अन्त कतै रहेको हुँदा सो क्षेत्रलाई रस प्रदेशको रुपमा ब्यबस्थित गरे अझै सान्दर्भिक पनी हुने देखिन्छ
पश्चिम तराई
सुरा र सुन्दरी नेपाली पुरुषत्वको अभिन्न अंग रहेको तर अलिअलि गर्दै यो क्षेत्रका सुन्दरी जती बम्बई पुर्याई सकेको परिपेक्षमा कम्तिमा सुराको मात्र भएनी प्रतिनिधित्व गर्नको निम्ति र बिहान बेलुकी रक्सिले टिल्ल पर्ने अल्पसंख्यक नेपाली जनताको अधिकार रक्षाको निम्ति यो क्षेत्र "दारुवान प्रदेश" को रुपमा घोषणा गरियोस |
दक्षिण नेपाल
आधुनिक नेपालमा आन्दोलन, दवाब, प्रभाब, द्वन्द, पेशा, व्यापार, राजनीति हरेक कुरा चाँडो पाक्ने प्रमुख क्षेत्रको रुपमा नेपालको समतल भूभागको महत्व बढ्दै गएको र परम्परा देखि नै नेपाली समाजमा स्वादिलो सब्जी पकाउनको निमित्त ब्यापक रुपमा कराईको प्रयोग गरिँदै आएको सन्दर्भमा यदि सम्पूर्ण समतल भूभाग मिलाई एक प्रदेशको निर्माण गरिए सो क्षेत्रलाई स्वादबिहिन भात पकाउने भाँडो वा कुकरको आधारमा नगरेर मसलेदार तरकारी पकाउने कराईको आधारमा "कराई प्रदेश" नामकरण गरियोस |
दक्षिण पुर्बी नेपाल
यो क्षेत्रमा आफ्नो अधिकार रक्षाको लागि आदिबासी धिमालले आफ्नो सानोतिनो आन्दोलन चलाईरहेको तर माथि उल्लिखित कारण १ बाट जाति कै आधारमा राज्यको नामकरण गर्न उपयुक्त नदेखिएको, तर त्यो सम्भब नभए नि कम्तिमा श्रुति समभिन्नार्थक नाम राखे उनीहरुलाई आफ्नोपनको आभाष पनी हुने साथै सो क्षेत्रले प्रबधिमा केहि फड्को मारिसकेको परिपेक्षमा म जस्तो सो क्षेत्रमा स्थाई बासस्थान भएको प्रबिधि प्रेमी नेपाली जनताको चाहना पुरा हुने भएकोले सो क्षेत्र समेटी कुनै राज्य बनाईए सम्भब भए "जिमेल" वा नभए नि कम्तिमा "ईमेल प्रदेश" नामकरण गरियोस |
संबिधान सभाले संबिधान नबनाउन्जेल सम्म देशलाई कति भागमा चिरा चिरा परिने हो संख्या यकिन हुन सकेको छैन | कम्तिमा दुई देखि बढीमा अनिश्चित संख्यामा जस्तोसुकै आधारमा राज्यको घोषणा गरिए पनी नाम जुराउंदा नेपाली जनताको मन मस्तिष्कमा राज गर्न सक्ने नाम राखिए यो संबिधान सभाले सहि काम गरेको ठहरिन सक्थ्यो |
यी क्षेत्रका उपयुक्त नामका सारांश कृत नापनक्सा यो पत्र संगै प्रस्तुत गरेका छौं
भवदीय
ब्ल. मिलन
17 Comments Links to this post Labels: हाँस्य ब्यंग्य
नेपाली ब्लग संसारको ७७ प्रश्न
Saturday, May 30, 2009
फोटो श्रोत : ब्रिंग पेट होम, चलाखी: मिलन
अचेल भरि म अलिक बढी नै गाउँ डुलुवा भएको छु | नेपाली ब्लग छोडेर हिन्दी, अंग्रेजी, स्पेनिश र कहिले काहिँ फ्रेन्च सम्म पुग्छु | यसै क्रममा समिर लालको चर्चित हिन्दी ब्लग "उड़न तश्तरी"मा ब्लग जगतको रमाईलो कुराको टाँसो देखेर त्यो बिषयलाई यहाँहरु समक्ष म पनि प्रस्तुत गर्न गईरहेको छु |
सर्बप्रथम अमेरिकन ब्लगर ग्रेग रटरले तपाईंले इन्टरनेटमा गर्नु पर्ने ९९ वटा कुराको सुची बनाएका थिए | त्यसैमा आधारित अर्को ब्लगलाई आधार बनाएर समिर लालले ब्लगवालाले गर्नु पर्ने ९९ प्रश्नको सुची बनाएका थिए | त्यसमा पुरा सुची मध्ये तपाईंले गरिसक्नु भएको कुरालाई बोल्ड गरेर फेरी टाँसोको रुपमा प्रस्तुत गर्नु पर्ने हुन्छ |
हामी कहाँ धेरै बिषय बस्तु छन त्यसैले यसलाई टाँसोको रुप नदिए नि हुन्छ | एउटा कापी र कलम ठिक पार्नुस वा मनमनै हिसाब किताब गर्न तयार हुनुहोस ...अनावश्यक रुपमा नतन्काउनको लागि मैले ति कुरालाई नेपाली रुप दिँदै ७७ वटा प्रश्नको रुपमा प्रस्तुत गरेको छु | तपाईंको कुनै थप प्रश्न भए लेख्न नछुटाउनु होला ...
म लागें नेपाली भाकाका ७७ प्रश्न तिर :
१. ब्लग खाता खोल्नु भएको छ ?
२. अर्काको ब्लगको पोष्ट आफ्नो ब्लगमा आफ्नै नाममा कपि पेष्ट गर्नु भएको छ ?
३. त्यो कपि-पेष्ट टाँसो पढेर कसैले चोरी पत्ता लगाएका छन ?
४. चोरी पत्ता लागेर पनि मैले कपि गरेको होइन आँफै लेखेको हो भनेर निहुँ खोज्नु भएको छ ?
५. धाईबाजीले जस्तो फोटोमा श्रोत खुलाउनु भएको छ ?
६. साहित्यकार भएको भ्रम पाल्नु भएको छ ?
७. कुनै ठाउंमा नगईकन नै यात्रा संस्मरणको टाँसो बनाउनु भएको छ ?
८. ब्लगमा भिजिटर गिन्ती हाल्नु भएको छ ?
९. आज कति भिजिटर भए भनेर दिनमा दुई तिन पटक चेक गर्नु भएको छ ?
१०. अरु दुई ब्लगर बीच झगडा पारिदिनुभएको छ ?
११. अनि उनीहरुलाई झगडा गर्नु हुँदैन भनेर मिलाई टोपल्नु पनि भएको छ ?
१२. कुनै सामुहिक ब्लग को सदस्य बन्नु भएको छ ?
१३. कुनै सामुहिक ब्लग को सदस्यता त्याग्नु भएको छ ?
१४. कि त्यागेको होइन, कामकुरा बिगारेर उनीहरुले नै निकालेका हुन ?
१५. ब्लगमा आफ्नो नाना भाँती दिनचर्या लेखेर पाठकलाई हैरान पार्नु भएको छ ?
१६. कसैको ब्लगको झुटो प्रसंशा गर्नु भएको छ ?
१७. तपाईंको आफुले बाहेक अरु कसैले पनि नपढेको टाँसो छ ?
१८. कोहि अरुको टाँसो पढेर यस्तो मैले लेख्न पाए पनि हुन्थ्यो जस्तो लागेको छ ?
१९. कसैको टाँसो पढेर गल्तिले पनि यस्तो नलेखौं जस्तो लागेको छ ?
२०. तपाईंको हाँस्यात्मक टाँसोलाई कसैले अति मार्मिक भनेर पनि कमेन्ट गरेका छन ?
२१. कहिले पाठकले प्रतिक्षा गरिरहेका छन भन्ने भ्रम पालेर धेरै दिन देखि लेख्न नसकेकोमा क्षमा माग्नु भएको छ ?
२२. नयाँ पोष्ट हालेको दिनभरी पनि कुनै टिप्पणी नआउँदा टिप्पणी बक्सले काम गरेको छ कि छैन भनि चेक गर्न आफैंले कुनै कमेन्ट हाल्नु भएको छ ?
२३. कहिले काहिँ आज केहि लेख्ने मन छैन भनि २५ लाईन भन्दा लामो टाँसो लेख्नु भएको छ ?
२४. एउटै टाँसोलाई आफ्नो २/३ वटा ब्लगमा हाल्नु भएको छ ?
२५. एकै दिनमा २५ भन्दा बढी कमेन्ट गर्नु भएको छ ?
२६. आफ्नो ब्लगमा कसैले असहमतिको टिप्पणी गरे त्यो मूल टाँसो भन्दा लामो प्रति-टिप्पणी कोर्नु भएको छ ?
२७. त्यसको साँटो बिरोधि टिप्पणी डिलेटै गरिदिने चलन चलाउनु भएको त छैन नि ?
२८. ब्लगको टेम्प्लेट हप्तामा एकपटक तलमाथि गर्ने फुर्ति गर्नु भएको छ कि छैन ?
२९. 'माई संसार'मा आजसम्म पहिलो प्रतिकृया दिन भ्याउनु भएको छ ?
३०. अनि माई संसारका उमेशजीबाट एउटा मात्र भए नि तपाईंको ब्लगमा प्रतिकृया पाउनु भएको छ ?
३१. राम्री केटिको ब्लगमा कमेन्ट लेख्ने वा फलो गर्ने गर्नु भएको छ, भनेर त के सोध्नु ? मलाई थाहा छँदैछ
३२. दिपेन्द्र दाईको ब्लग छोडेर अरु अंग्रेजी भाषाको ब्लग पढ्ने आँट गर्नु भएको छ ?
३३. कुनै शोक समाचारमा बिर्सेर बधाई दिनु भएको छ ?
३४. कहिले कुनै कुरा लेख्ने मन हुँदा हुँदै पनि अरुको चित्त दुख्छ भनेर नलेख्नु भएको छ ?
३५. कहिले अरुको पोष्ट पढ्नको लागि आफ्नो ब्लगमा उसको उसको लिंक मात्र दिएर आफ्नो एउटा पोष्ट थप्नु भएको छ ?
३६. कहिले पुरा टाँसो तयार भएपछी झुक्किएर डिलेट गर्नु भएको छ ?
३७. 'झुक्किएर टाँसो डिलेट भयो अब फेरी त्यै टाँसो लेख्न सम्भब छैन' भनेर डिलेट भएको टाँसो को बारेमा अर्को एउटा टाँसो बनाउनु भएको छ ?
३७. टाँसो सेभ गर्छु भन्दा भन्दै झुक्किएर पब्लिस भएको छ कि ?
३८. कहिल्यै अरुकोमा कमेन्ट लेख्दा आफ्नै ब्लगमा आइपुगुन भनेर आफ्नो ब्लगको लिंक मात्र दिनु भएको छ ?
३९. गुगल एडसेन्स लगाएर नेपाली ब्लगमा पैसा कमाउने भ्रम पाल्नु भएको छ ?
४०. आफ्नो श्रीमतीको ब्लग खाता खोल्नु भएको छ ?
४१. अनि श्रीमतीको ब्लगमा आफैंले पोष्ट पनि लेखि दिनु भएको छ कि ?
४२. आफ्नो टाँसोमा श्रीमतीले र उनको टाँसोमा आफुले कमेन्ट हाल्ने चलन चलाउनु भएको चाहिं छ कि छैन ?
४३. आफ्नो ब्लगमा कतै पट्टि Clock Link को घडी राख्नु भएको छ?
४४. आज सम्म कसैलाई 'मेरो ब्लगमा तपाईंको लिंक राखी सकें अब तपाईंकोमा पनि मेरो ब्लगको लिंक राखी दिनु पर्यो' भनेर मुखै फोर्नु भएको छ ?
४५. ब्लग चलाए बापत आज सम्म कतैबाट एक सुक्को पाउनु भएको छ ?
४६. पोष्ट नपढी शिर्षक मात्र हेरेर कहिले कमेन्ट गर्नु भएको छ ?
४७. आफुले कमेन्ट गरेको ब्लगरले आफ्नो ब्लगमा प्रतिकृया नदिंदा रिसाउनु भएको त पक्का होला होइन ?
४८. तर कसैले आफ्नो ब्लगमा कमेन्ट गरेपछि उसकोमा पनि आफुले कमेन्ट गर्नु पर्छ भन्ने ब्लग संसारको जिम्मेवारी कहिले महसुस गर्नु भएको छ ?
४९. आफुले हरेक नयाँ टाँसो लेखे पिच्छे इमेल वा अफलाईन लेखेर साथि वा मान्यजनलाई आफ्नो टाँसो पढ्न बाध्य बनाउनु भएको छ ?
५०. आफ्नो ब्लगको भिजिटर संख्याको ग्राफलाई टाँसोको रुप दिनु भएको छ ?
५१. कलेजमा गुरुले दिएको लेक्चर लेखेर कहिले ब्लग भर्नु भएको छ ?
५२. ब्लगको जन्म दिनमा टाँसो लेख्न त भुल्नु भएको छैन नि ?
५३. अनि ब्लगरको जन्मदिनमा नि ?
५४. अरुको ब्लगमा दैनिक ८/१० कमेन्ट लेख्ने अनि खासै लेख्न भ्याईंदैन भनेर फ्रीको ब्लग पनि नबनाउने त गर्नु भएको छैन नि ?
५५. नेपाली ब्लगमा हिन्दी टेम्प्लेट कहिले हाल्नु भएको छ ?
५६. सयौं टाँसो भैसकेको सूचना दिन १०१ औं टाँसो तयार गर्नु भएको छ ?
५७. आफ्नो हरेक टाँसोमा शिर्षक संगै ड्यास लगाएर आफ्नो नाम पनि लेख्ने गर्नु भएको छ ?
५८. आफ्नो प्रोफाईलमा आफ्नो साटो कुनै सस्पेन्स फोटो राख्ने गर्नु भएको छ कि छैन ?
५९. आफ्नो नामको साटो कहिले गुलियो टाईटल (जस्तो: जुनकिरी, चम्पा आदि) राख्नु भएको छ ?
६०. तपाईंको नामबाट अरु कसैले कमेन्ट गरेको छ ?
६१. अनि त्यो नाम आफ्नो बाऊबाजेको सम्पति नै जस्तो गरेर तपाईंले बिरोध जनाउनु भएको छ कि ?
६२. कसैले तपाईंलाई आफ्नो ब्लगको सदस्य बन्न निमन्त्रणा पठाएको छ ?
६२. तपाईंले त्यस्तो निमन्त्रणा कहिले स्वीकार गर्नु भएको छ ?
६३. बाहिर हिंड्दा ब्लगमा राख्ने फोटो खिच्न पाईएला भनेर क्यामरा साथै लिएर जानु हुन्छ ?
६४. एक महिना देखि नलेखेको चाहिं बिर्सेर 'अब आगामी पाँच दिन लेख्न सक्दिन' भन्दै कुनै टाँसो लेख्नु भएको छ ?
६५. घरको छतमा बसेर कुनै टाँसो लेख्नु भएको छ ?
६६. तपाईंको बिरोध गर्दै कसैले कुनै टाँसो लेखेको छ ?
६७. कसैले तपाईंको कार्टुन बनाएको छ ?
६७. कुनै कमेन्ट लेख्दा लेख्दै लामो भएर त्यसलाई आफ्नै ब्लगमा टाँसो बनाउनु भएको छ ?
६८. कुनै ठाऊँमा नगईकन नै यात्रा संस्मरणको टाँसो बनाउनु भएको छ ?
६९. तपाईं वा तपाईंको ब्लगको बारेमा कहिल्यै कुनै पत्रपत्रिका वा अरु ब्लगमा समाचार, अन्तरबार्ता आदि छापिएको छ ?
७०. तपाईंले त्यस्तो आफ्नो समाचार वा अन्तरबार्ताको लिंकलाई आफ्नो ब्लगको टाउको मै राख्नु भएको छ ?
७०. तपाईंले कोहि अरु ब्लगरसंग एक अर्काको राम्रो मात्र लेख्ने गरि कुरा मिलाउनु भएको छ ?
७१. सबै ब्लगरलाइ एकजुट हुन आग्रह गर्दै नेपाली ब्लग जगतको नेता बन्ने विचार पनि गर्नु भएको छ कि ?
७२. तपाईंले आफ्नो ब्लगमा 'यो समाचार होइन ब्लग हो' भनेर समाचार नै लेख्ने गर्नु भएको छ ?
७३. कुनै ब्लगमा अज्ञात नामबाट कमेन्ट गर्नु भएको छ ?
७४. आकारजीको ब्लगको पोडकास्ट सुन्न छुटाउनु भएको छ ?
७५. तपाईंका महिला ब्लगर साथि कति छन, कहिले औंला भाँचेर गन्नु भएको छ ?
७६. आफ्नै आवाजमा कहिल्यै पोडकास्ट बनाउनु भएको छ ?
७७. त्यो पोडकास्ट सुनेर तपाईंका पाठक श्रोताले अर्को पोडकास्ट बनाउनु भनेर कमेन्ट दिएका छन ?
अब भन्नुस कति प्रश्नको उत्तर हो/ छ मा दिनु भो ?
नेपाली ग्रेडिंग कै कुरा गरौँ : ३२ % भन्दा कम्ति ल्याए तपाईं फेल ब्लगर, ३२ % - ४५ % ल्याए थर्ड क्लास ब्लगर, ४५% - ६०% ल्याए सेकेन्ड क्लास ब्लगर अनि त्यो भन्दा माथि ल्याए फर्स्ट क्लास ब्लगर | डिसटिंन्सन ल्याउनेले चाहिं डाक्टरले डा. र इन्जिनियरले ई. झुन्ड्याए जस्तो जतासुकै आफ्नो नामको अगाढी ब्ल. झुन्ड्याए फरक नपर्ला |
छैन त कुरा गज्जब को ?
- ब्ल. मिलन
----------------------------------
सन्दर्भ श्रोत :
समीर लालको उड़न तश्तरी
ग्रेग रटरको सूचि
दिलीप दाईको चौतारी
31 Comments Links to this post Labels: Blog, हाँस्य ब्यंग्य
बाँकी सब ठीक छ...
Tuesday, April 28, 2009
एक जाना लाहुरे घरबाट आफ्नी श्रीमतीले पठाएको चिठ्ठी पढेर साथीलाई सुनाउँदैछन
"कर्नालमा बस्ने मामा खस्नु भयो... बाँकी सब ठीक छ...गाईले बाच्छा पाएको थियो...जन्मन साथ बिचारा मरयो... बाँकी सब ठीक छ ... चार दिन भयो छोरीको ज्वरो ठीक भएको छैन ... छोराले टांगाबाट लडेर हातको हड्डी भांच्यो ... बाँकी सब ठीक छ ..."
यो हिन्दी फिल्म बोर्डरको डाईलग हो .. जसले मलाई पछिल्लो केही दिन देखि बेलाबेलामा मुस्कुराउन बाध्य बनाई रहेको छ |
त्यसो त हामी नेपाली को सकरात्मकता पनि कम छैन
"के छ ?"
गुरुको पिटाई खाएर निराश हुँदै घर फर्केको होस, अफिसमा हाकिमको गालीले दिक्क भएको होस वा दिनभर जिउ दुख्ने गरी श्रम गरेर फर्केको होस; सामान्यतया यो प्रश्न हाम्रो अगाडी तेर्सिए हामी सबैले एक स्वरमा भन्छौं :
"ठीक छ "
समस्या त पछि को कुरो हो...
त्यसको ठ्याक्कै बिपरीत यहाँका मान्छे छन
"हे.. हाउ आर यु ?"
दिनभर घुम्ने कुर्शीमा जागीर पकार फर्केकाले पनि यो प्रश्न झर्न नपाउँदै मुख बिगार्दै भन्छन :
"ओ...रियल्ली टायर्ड !"
हो यतिखेर म सम्झन्छु ... बाबै हामी कति सम्म सकरात्मक
यो त दैनिकी भो ... जब कुनै ठुलै समस्या आउँछ तब पनि हामी बिन्दास बन्छौं...
* त्रिशूलीमा गाड़ी खस्यो.. १४ यात्रु मरे .. ३ घाइते .. र ८ बेपत्ता ...... बाँकी सब ठीक छ
* बिधार्थीले शुल्क बढेको बिरोधमा शिक्षकलाई कालोमोसो दले, पुस्तकालयमा आगजनी गरे र क्याम्पसमा तालाबन्दी गरे... बाँकी सब ठीक छ
* सेनापति र सरकार पानी बाराबार छ - कहिले सेनाले कु गर्ने हल्ला आउँछ, कहिले सरकारले नै कु गर्ने हल्ला आउँछ... उता बिपक्षी दलले चाहीं यही कुरामा सड़क ठ्याप्प पार्न खोज्दैछन .. बाँकी सब ठीक छ
* भारतले सीमा मिच्दै मिच्दै सुस्ता वारी आई पुग्यो, अब बुटवल तीर आउने हल्ला छ, यस्तै भए काठमांडू आई पुग्न खासै बेर लाग्दैन... तर के भो र ? - बाँकी सब ठीक छ
* दिनदिनको बन्दले दैनिक करोडौं रुपैया नोक्सान हुंदैछ, लाखौं मानिसले रोजगारी गुमाएका छन, सयौं यात्रु बाटामा अलपत्र परेका छन... बाँकी सब ठीक छ
-----------------------------
"केछ आमा हालखबर ...?"
म घरमा फोन गर्छु
"केही चिन्ता गर्नु पर्दैन ... सब ठीक छ" आमा म चिन्ता गर्छु भनेर केही भन्नु नै हुन्न
तर मलाई थाहा छ : अचेल लोड सेडिंगले बेहाल बनाएको छ ... पानी पनि बेलामा आऊँदैन ... रायोको साग १२ रुपियाँ मुठा भो...आमालाई यस्ता धेरै गम्भीर समस्या छन
"तेरो के छ हालखबर ?" आमा मायालु पाराले सोध्नु हुन्छ
म आमालाई केही पनि लुकाउन सक्दिन
"आमा.. ड्राईभर लाईसेन्सको रोडटेस्टमा नाम निस्केन .. बाँकी सब ठीक छ ... तिन दिन देखि रुघा मर्की लागेर काममा गएको छैन ... बाँकी सब ठीक छ .."
17 Comments Links to this post Labels: हाँस्य ब्यंग्य
हाय हाय अंग्रेजी
Thursday, February 19, 2009
महाकाबी लक्ष्मी प्रसाद देवकोटाले यही शीर्षकमा कुनै निबन्ध लेख्नु भा थ्यो भन्ने सम्म मैले सुनेको हूँ | तर सो निबन्ध मैले आज सम्म पढ़न पाईन त्यसैले ठ्याक्कै कस्तो थ्यो म भन्न सक्दिन तर पनि हाम्रा महाकाबीले लेखेको हुनाले पक्कै राम्रा होला भन्ने जोसुकैले पनि सहजै अनुमान लगाउन सक्छन | बाँकी रह्यो मेरो कुरो, चारै तिर अंग्रजीको हाई हाई भएको जमानामा आफुलाई भने अंग्रेजीमा Hi भन्न नै गाह्रो लाग्ने हुनाले बाध्य भएर साथिको सहयोगको आशमा मैले पनि कलम चलाउनु परेको हो |
खोज्दै जाने हो भने आराध्यदेव पशुपतिनाथका पनि हजार दोष भेटिएलान नाथे अंग्रेजी भाषा के हो र ? जस्तो की हाम्रो यो भाषा हुँदै होइन .. म्लेच्छको गाई खाने भाषा किन जान्नु भन्न सकिन्छ | अरुको भाषा जति जाने नी मनको भारी बिसाउन आफ्नो मातृभाषा नै चाहिन्छ भन्न पनि सकिन्छ | भन्नेले त पश्चिमी छाडा भाषा संस्कृतिको प्रभाव आफूमा पर्न दिनु हुन्न सम्म भन्लान | अनि कुनै भाषा बिज्ञले अंग्रेजी त के भाषा मेरो भाषामा यती उती शब्द र साहित्य छ भनेर फुर्ती पनि लगाउलान |
तर पिछाडी जति कुरा काटे नि अंग्रेजी भनेको अंग्रेजी हो; अंग्रेजी सामुन्ने पर्दा लुरुक्क परेको त्यसै हो र ? तपाईं स्कुल जानुस की कलेज जानुस, काममा जानुस की धाममा जानुस, कहाँ छैन र सबै तिर अंग्रेजी कै जगजगी छ | पाखामा बस्नु नराम्रो होइन तर जनजिब्रोको अनुसार अंग्रेजी नजाने अब पाखे पनि भइन्न किनकी भीर पाखा सबै तिर अचेल अंग्रेजी कै हाई हाई छ | मास्लो अझै बाँचेका भए खाना, नाना, छाना र यौनको उनको आधारभूत आबश्यकताको लिस्टमा शायद अंग्रेजीलाई पनि थप्थे होला | अचेल अंग्रेजी हाम्रो रहर भन्दा धेर आबश्यकता हो; चाहे नेपालमा होस वा बहिर यो हामी सबैले महसूस गरेकै कुरा हो |
त्यसो त यती मात्र महत्व भाको भए अंग्रेजी अंग्रेजी रहन्नथ्यो होला | यसको बिशेष महत्व जमाना र फेसनमा छ | अंग्रेजी जाने जमाना अनुसार चलेको बुझिन्छ; नजाने सिंधा कुरो जमाना अनुसार नचलेको बुझिन्छ | अनि यो जमानाको “आधुनिक सुबिधा”पुरानो जमानाकोले कहाँ पाउलान र ? हेर्दा नयाँ जमानाको देखिए पनि ठाऊँमा आए पछि भने थाहा भो आफु पनि पुरानो जमानाको नै पो परीएछ | तिनै सुबिधाको लागी भए नि अब अंग्रेजी सिक्न धाउनै पर्ने भो |
तर यत्तिका धेर फाईदा भएको अंग्रेजी सिक्न चाहीं कहाँ सजिलो रहेछ र | भोकाबुलारी जति घोटे नि ल्यान्ग्वेज सेन्टर जति धाएनी अंग्रेजी मठठु | त्यसो त आफ्नै बानी पनि दोषी हो की ? अंग्रेजीमा आफु जतिसुकै जान्ने हूँ भन्ने लागे नि जब कुनै लेख वा कमेन्ट नेपाली र अंग्रेजी दुबै भाषामा भेटीन्छ नेपाली मै पहिले आँखा जान्छ | अंग्रेजी त बाध्यता परे मात्र पढने हो | प्लस टू पढ्दा अंग्रेजीको सर भन्नु हुन्थ्यो केटा हो तिमोरूले स्कुलको किताबमा बूंदाहरुको पछि रहेको अंग्रेजी अर्थ मात्र पढे नी अहिले सम्म धेरै सुधार्थ्यौ | तर यत्रो दुःख कल्ले गरोस | ऐडम स्मिथको परिभाषा कंठस्थ पार्न त पहाड़ पल्टीन्थ्यो | खोजी खोजी को दुःखमा पर्न चाहन्थ्यो र ?
प्रयाश गरे भबिश्यमा सुधारिएला तर अहिले भने साथी ब्लगरको यिनै कबिता गाउनु सिबाय अरु बिकल्प छैन | अंग्रेजी नजानेर कति घाटा भाको छ आफैं लाई पो थाहा छ त |
कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
South Indian जस्ती Ethiyopian देख्दा नि, तेस्रो नेत्र बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
दिनहुँ नुहाई zatak नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त के को पर्नु लभ, पर्दै परेन ।।
(माथिको कबिता http://thekirat.blogspot.com/ ब्लगबाट केही अंश सारिएको हो; ब्लगरका अनुसार यो कबिता उहाँको एक साथीले पठाउनु भएको हो | तर उक्त ब्लगमा रचनाकारको नाम भने उल्लेख छैन | )
6 Comments Links to this post Labels: हाँस्य ब्यंग्य
स्टायलिस सर्को
Tuesday, February 3, 2009
चुरोटको फाईदा बेफाइदाको बारेमा छलफल भए बहुमत बेफाइदा पक्षधरले नै तान्लान, अनि कुनै बेला फाइदाको पक्षमा बोल्ने माथि गम्भिर आरोप लगाईएला तर पनि जो चुरोट तान्छन उनीहरुले हरेक सर्कोमा सन्तुष्टि लिएकै छन, उनीहरुलाई यस्तो बादबिबाद संग के को मतलब ? अझ जो स्टायल मारेर सर्को लाउछन उनिहरुको त कुरै बेग्लै |
धेरैले नराम्रो हो भनेर निधो गरेको तर हरेक समाजमा खुल्लम खुल्ला चलेको एउटा सार्बजानिक कुरा चुरोट पनि हो | मैले बुझे सम्म अर्थशास्त्र भन्छ ति सबै कुरा जसले तपाईंलाई सन्तुष्टि दिन्छ्न तपाईंको लागी उपयोगी छ चाहे त्यों बिष नै किन नहोस | यस्तो सुन्दा चुरोट त उत्तम भैगो तर पनि तपाईंले चुरोट तान्नु भएन | तपाईंले चुरोट किन तान्नु भएन यसका अनेक कारण होलान जस्तो गन्धै मन पर्दैन, पैसा खर्च हुन्छ, चुरोट तान्नेलाई मान्छेले मन पराउदैनन् आदि तर नढाटी भन्नु पर्दा तपाईंलाई कलेज जांदा, काममा जांदा, यसो बसेको बेला, बिहान चिसोमा वा साथिहरुले चुरोट तान्दा आफुले पनि तानु तानु चाहीं भएकै हो अनि तपाईंले अक्कल झुक्क्लमा यसो एक दुई सर्को लगाएकै हो | तर पनि तपाईंलाई मैले कहिल्यै चुरोट तनिन भन्न मन पर्छ |
भनिन्छ धुम्रपानको हिसाबले मानिस तिन किसिमको हुन्छ: तान्दै नातानेको, नताने पनि हुने, नतानी नहुने | तान्दै नातान्नेको कुरै भएन, नतानी नहुनेको हिसाबै भएन... समस्यामा त्यों पर्छ जसले नताने पनि हुन्छ | तान्दीन भन्न पनि गाह्रो, स्टाइलमा तान्न पनि गाह्रो | त्यसैले तपाईं समस्यामा हुनुहुन्छ |
तपाईंको छेउमा जो नतानी नहुने छन उनिहरुको ज्ञानको क्षेत्र फराकिलो छ | कोही लामो सर्को तान्छन, कोही धेरै लामो सर्को तान्छ्न, कोही मुखले तानेर नाकले फ्याल्छ्न कोही नाकले तानेर मुखले फ्याल्छ्न, कोही धेरै बेर तान्दै गफ गर्दै गर्छन र अन्तिममा मात्र फ्याल्छ्न... तर जो जो जे जे गर्छन सब स्टाइलमा गर्छन | तपाईं मात्र एक हुनुहुन्छ जो झट्ट तानेर फ़ुत्त फ्याल्नु हुन्छ | जो जो तपाईं जस्तै थिए र प्रयास गरे ती सबैले सीके; तपाईं मात्र एक हुनुन्छ जो कहिल्यै सिक्न सक्नु भएन|
स्कुलमा तपाईंले चुरोटको च पनि बुझ्नु भएन तर जब तपाईं कलेज जानु भो तपाईंलाई पनि बुझ्ने रहर जाग्यो | अरु झै तपाईंलाई पनि स्टाइलमा चुरोट तान्न मन लाग्यो | सबैले लगाए तर खै किन हो तपाईंले कहिले पनि स्टायल मारेर चुरोटको सर्को लगाउन जान्नु भएन, तपाईं नताने पनि हुनेमा जो पर्नुभो | तपाईं शंका गर्नु हुन्छ यो मोरो चुरोटै पो यस्तो हो की !
तर यसमा चुरोटको के दोष... ऊ त बिचारा जसरी सर्कायो उसरी सर्किने न हो |
5 Comments Links to this post Labels: हाँस्य ब्यंग्य
सल्लाह
Friday, January 30, 2009
कलेज पढ्दा मैले एउटा चुटकिला सुनेको थिएं...
एक जना दाइ आफ्नो छोरोको औला चुस्ने बानीबाट सारै दिक्क भए छन | उनले यो समस्या आफ्नो साथीहरु संग राखेछन |
पहिलो साथीले सुझाब दिएछ - मुखमा औला हालो की गाली गरेर एक झापड़ दे, बानी बिस्तारै ठीक भई हाल्छ नि
दोश्रोले सुझाब दिएछ - पेन्ट खुकुलो किनिदे न, अनि जति खेर पनि पेन्ट समाउदा समाउदै फुर्सत हुन्न मुखमा औला हाल्न नै पाउदैन नि
हांसी मजाक गर्ने तेश्रो साथीले सुझाब दिएछ - त्यस मोरोको सबै दांत भांची दे न, अनि औला कसरी चुस्दो रहेछ हेरौं
अली क्रूर चौथो साथीले सुझाब दिएछ - दांत भांची दिए पनि मुखले चुसी हाल्छ नि, बरु त्यसको औला नै काटी दे यार, न रहन्छ बांस न बज्छ बांसुरी
ब्यवहारिक देखिने पाँचौ साथीले सुझाब दिएछ - मुखमा हालेर चुसी रहने चकलेट किनिदे न, उसले त्यै चुसी रहन्छ अनि औला चुस्ने बानी बिस्तारै हटी हाल्छ नि
हामी कहाँ सबैले तुरुन्तै पाउने सजिलो र छिटो कुरो सल्लाह नै हो | यी दाइको समस्याको बस्ताबिक समाधान यी मध्ये कुनै वा अरु नै होला, तर उनिहरु हरेकले दिने सुझाबको स्तर उनिहरुले समस्याको कति महसूस गरेका छन त्यसमा पनि भर पर्छ | त्यसो त आफ्नो बिचारको सल्लाह दिनु नराम्रो होइन अनि हाम्रो दाइले सल्लाह मागेको पनि हो | अब बाँकी रह्यो दाइले कुन सल्लाह लिने भन्ने ! कुन सल्लाह लिने भनेर छान्दा सल्लाह दिनेले आफ्नो पीर कति बुझेको छ त्यसलाई पनि एउटा आधार बनाउने की ?
भन्नुस तपाईंको के छ सल्लाह ?
..........................................................................................................................................................................
कुरा बिक्रमको दुई साल तीरको हो | त्यति खेर मेरो हजुरामा १०/११ बर्षको हुनुहुन्थ्यो होला | उहाँको आमा र गाँऊका अरु जम्मा भएर १० / १५ जनाको समुहमा पशुपति तीर्थ गर्न निस्किनु हुने भएछ | कसो कसो हजुरामाले पनि उहाँहरु संगै जाने मौका पाउनु भएछ | त्यति खेर नेपाल देशलाई नेपाल खाल्डो संग जोड़ने माध्यम भनेकै पहाडी कुना कन्दराका गोरेटो र घोडेटो मात्र थिए रे | पूर्ब पश्चिम राजमार्ग त धेरै पछि मात्र आएर बनेको रे | भरपर्दा बाटो नै नभएको ठाऊमा त्यसमा पनि त्यों जमानामा अहिलेका जस्ता सबारी साधन हुने त कुरै भएन | त्यतिखेर यातायातको पक्का साधन भनेकै हाम्रा दुई खुट्टा हुन्थे रे | उहाँहरुको समूह पनि हिड्दै हिड्दै तेह्र दिन लगाएर पशुपति सम्म पुगेछ | पशुपतिको दर्शन सकेपछि चिया खाने कुरा उठेछ | पहाड़ मै बसेको भए पनि काठ चिरान गर्न तराईबाट उक्लिने मधेशीले चिया खाएको ऊहाँले देख्नु भएको रहेछ | लौ न त आज आफु पनि चाखौं भनेर हजुरामाले म पनि खाने भन्नु भएछ | पसलेले शीशाको गिलासमा चिया ल्याएछ | काँसका भांडाकुडाको जमानामा त्यति खेर सम्म शीशा भन्ने जिनिस पहाड़ तिर उक्लेको थिएन अरे | पसलेले आफ्नो हातमा चिया दिएपछि ऊहाँ पुरै आत्तिनु भएछ :- "हैन हाऊ !!! बाहिरबाट सब छर्लंग देखिन्छ .. न कतै पोखिन्छ.. न कतै पोल्छ ... के हो यस्तो ?" साच्चै नै प्वाल नभएका पारदर्शी कुरा शीशा, प्लास्टिक आदि देखेको छैन भने जतिसुकै दह्रो गिलासमा राखेर चिया खाए पनि त्यों गिलास ईनै चीज़का परेमा आफ्नो हातैमा राखेर चिया खाए जस्तो हुन्न त ? अनि साच्चै अचम्म हुन्न त - बाहिरबाट सब छर्लंग देखिन्छ .. न कतै पोखिन्छ.. न कतै पोल्छ ...
हुन त दमक पनि त्यति सानो ठाऊँ होइन तर पनि दमकबाट पहिलो चोटी काठमांडू आउदा मलाई काठमांडू साच्चै नै निकै भब्य लाग्यो... ठुला ठुला घर, ठुला सड़क, ठुलो बजार, धेरै मान्छेहरु .. आदि आदि ... मलाई लाग्थ्यो म यती सानो मान्छे यती ठुलो ठाऊँमा कसरी बस्न सक्छु होला | तर दुई दिन, तिन दिन, चार दिन बित्दै जांदा थाहा हुदै गयो काठमांडू खासै भिन्न ठाऊँ होइन रहेछ | पछि जागीर खादा पनि त्यस्तै भो ... म यती सानो साधारण मान्छे यती ठुलो संस्थामा कसरी जागीर खान सक्छु होला ... तर दुई दिन, तिन दिन, चार दिन बित्दै जांदा थाहा हुदै गयो.. यो जागीर भन्ने कुरो जस्तो सुकै संस्थामा गरेपनी खासै ठुलो कुरो होइन रहेछ | टाढाको के कुरो केही महिना अगाडी अमेरिका आउदा ईनै ठाऊँ ईनै सड़क अद्वितीय र अचम्मको लाग्थ्यो ... आज भोली यी बाटा यी ठाऊँहरु साधारण लाग्न थालेको छ |
ईनै अनुभव र बानी नै त रहेछ ... हरेक अप्ठ्यारोलाई सजिलो बनाऊने र हरेक असम्भवलाई सम्भव बनाऊने | त्यै लामो अनुभवले त होला नि आज पनि हजुरामा हरेक दिन नधकाई शीशा कै गिलासमा चिया खानु हुन्छ त !
........................................................................................
कस्ती केटी चाहियो ?
अक्सर केटाहरुको बिच गफ हुंदा उठने प्रमुख बिषय केटी नै हो | अझ उरन्ठाउला केटाहरु भए त केटीको पनी निश्चित पक्षको मात्र गफ हुन्छ | यो मेरो गफ चाहीं केटीको सबै पक्षको हो |
तपाईंले आफ्नो कुनै समय केटीको बारेमा त कल्पना गर्नु भएकै छ | सबैको पहिलो चासो केटी हेर्दा कस्तो देखिन्छ भन्ने नै हुन्छ | त्यसो त हाम्रो हिंदू धर्मशास्त्रले पनी सही केटीको बत्तीस लक्षण हुने सुझाब दिन्छ | अनी ती बत्तीस लक्षण मध्ये अधिकांस लक्षणले केटीको शारीरिक सुन्दरता मै जोड़ दिन्छ जस्तो सेतो बर्ण, हरिणको जस्तो चाल, मिलेका दांत, शरीरमा कुनै चोट नभएको आदि | ठ्याक्कै तिनै बत्तीस लक्षण नै नचाहिए पनी सबै केटाको चाहना भने भएकी मध्ये सबभन्दा उत्कृष्ट केटी आफुले पाऊं भन्ने नै हुन्छ |
विवाह गर्नको लागी केटी खोजेको हो भने चै रूप बाहेक अन्य कुरामा पनी प्राय केटाको चासो हुन्छ | जस्तो बानी ब्याहोरा, पढ़ाई, खानदान, जागीर आदि | गर्लफ्रेण्ड बनाऊन रफटफ चाहिए पनी बिहे गर्नको लागी प्राय केटाको रोझाई घरेलु केटी नै हुन्छ | र प्राय हरेक केटाले राम्री केटी लाई देख्दा आफ्नो मनको श्रीमतीको ठाऊँमा राखेर कल्पना पनी गरिसक्छ |नेपालमा विवाहको लागी केटी खोज्दा सुद्द ब्याक्तिगत निर्णय मात्र हुन्न | तपाईंको सही साथी जुराऊन अरुले पनी कडा मेहनत गरेकै हुन्छन् | " फलानी सारै मेहनती छे .. अरु संग धेरै हिम्चिम पनी गर्दिन .. ऐ कान्छा म चै त्यै संग बिहे गर्ने सल्लाह दिन्छु |" "त्यों केटी त सारै राम्री छे यार.." "फलानी एकदम ठुलो निधार परेकी ... एता उती बुझेकी बाठी छे ... त्यसैलाई पो ल्याऊछस की क्या हो .." "त्यों केटी एजूकेटेड पनी छे, राम्री पनी छे ...त्यों भन्दा के खोज्छस यार" धक फुकाएर यस्ता सल्लाह दिंदा आफन्त र साथी ले कम रिस्क लिएका हुन्छन् र | आफुले पनी अनी त्यस्तै सोचिन्छ "बाऊले पनी त्यै भने रमेशले पनी त्यै भनो..त्यै त ठीक होला नि हौ..." | अनी केटी छानिन्छ जे परोस परोस |
लबम्यारिज़को त कुरै अर्कै भो | आज देखो , भोली प्रस्ताब राख्यो अनी पर्सी देखि सुरु | " दुनिया बाचा कसम खाईया छ ... दुनिया ले थाहा पाई सक्यो .. फेमिली मान्दैन भने नमानोस, ड्याम केयर ...अब त ल्याईयो ल्याईयो " जब्बर प्रेम भए यसो भन्न सकिन्छ | लुरे प्रेम भए "अब हाम्रो साथ यहीं सम्म को रहेछ अर्को जुनी मा भेटौला" पनी भन्न सकिन्छ | तर यी सब पछि का कुरा भए .. लबम्यारिज़को सुरुवात चै अनुहार बाटै हुन्छ की ?
नेपालमा ब्यवहारिक नहोला तर केटी छान्ने अमेरिकी शैली धेरै युबाको मन लोभ्याउने हुन सक्छ | झट्ट देखो मन परायो अनी प्रस्ताब राख्यो, त्यस पिछाडी बा आमा बिदा नया जोड़ीको नया ज़िन्दगी सुरु | हाम्रो भन्दा झूर नभन्नुस, यो भन्या बिहे होइन .. बिहे त पछि को कुरो हो ..मन लागे गर्ने मन नलागे नगर्ने- Now Just Girlfriend!! यस्तो सुन्दा नेपालमा जन्मिएर गल्ती गरीएछ भन्ने पनी होलान |
जती कुरा गरेपनी सबैलाई चाहिएको राम्रै हो ... तपाईंले बुझ्न खोजेको कुरा राम्री केटी चै कसरी छान्ने र कसरी पाउने भन्ने हो | म संग दुई टिप्स छन, सुनी हालौं.. पहिलो दुर्लभता र छनौटको अर्थशास्त्रको सिद्दांत लाई स्वीकार गर्नुहोस | संसारमा तिनै कुराको पछि मात्र ज्यान दिएर लाग्दा सुहाउछ जून कुरा अति दुर्लभ छ | नबिर्सौं नेपाल कै तथ्यांकले पनी एक केटा बराबर एक केटी देखाउछ | यदि तपाईंको लागी एउटी केटी निश्चित छे भने त्यै राम्री चै छुटी भनेर अत्तिने किन ? शांत हुनुहोस र अर्की केटीको प्रतीक्षा गर्नुहोस | यसो गरे तपाईंलाई चाहिए अनुसारको राम्री केटी तपाईंले सजिलै छान्न सक्नुहुन्छ |दोश्रो कसरी पाउने भन्ने कुरो | यसमा मेरो एउटा साथीको दाईले भनेको कुरामा पुरा सहमती जनाउछु | सारै राम्रा केटीहरुको एक हुल जांदा टुलुटुलु हेरिरहेका हामीलाई सम्झाउदै उनले भनेका थिए "के दुख मान्छौ केटा हो .. के यो संसारका सबै केटीहरु पछि भेडा बाख्रालाई दिन बाऊ आमाले पालेका हुर्काका हुन र? राम्ररी पढ़, प्रगति गर , ती सबै केटीहरु तिमिहरुकै त हुन नि ..."
यती सबै भन्दा मैले केटी खोजेको वा कसैलाई मिलाउन खोजेको अर्थ भने नलगाऊनु होला | यसो गफै गफको गफ मात्र हो | मैले आफुलाई खोजिसके बरु भन्नुस काली, नेप्टी, गोरी वा चेप्टी तपाईंलाई कस्ती केटी चाहियो ???
Tuesday, July 20, 2010
हास्यव्यङ्ग्य
Labels:
NEPALI JOKES
Subscribe to:
Post Comments (Atom)
सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
0 comments:
Post a Comment