-योगराज बस्नेत
आफ्नो भन्ने कोहि छैन
जिन्दगीभर साथ् देउ न ल
मेरो अनुपस्थितिमा पनि
तिमि उपस्थित भइ देउ न ल
जिन्दगी अन्धकार भैसक्यो
तिमि प्रकाश बनि आइ देउ न ल
मेरो मुटु छियाछिया पारि
तिमि कतै नगैदेउ न ल
कतै जिन्दगीको बाटो बिर्सीऍ भने
तिमि सम्झाइ देउ न ल
मेरो अतितमा पनि
तिमि वर्तमान बनि आइ देउ न ल
रोगले ग्रस्त भएको बेला
तिमि औसधि बनि आइ देउ न ल
कतै म मरिहालें भने
मेरो चितामा आगो लगाई देउ न ल
0 comments:
Post a Comment