एक जुगमा एक दिन एकचोटि आउँछ लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ
सहे भनी सझएका इख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन्
खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !
Tuesday, July 13, 2010
एक दिन एकचोटि आउँछ
Labels:
NEPALI POEMS
Subscribe to:
Post Comments (Atom)
सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
0 comments:
Post a Comment