Saturday, July 10, 2010

अनेसास इजरायलद्वारा विदाई तथा जलपान कार्यक्रम सम्पन्न


अन्तराष्ट्रिय नेपाली साहित्य समाज, इजरायलद्वारा इजरायलमा लामो समयदेखि कार्यरत अनेसास इजरायलका अस्मिता त्रिपाठी र सुनिता न्यौपानेलाई उहाँहरूको क्यानडा प्रस्थान हुने सुअवसरमा हार्दिक बधाई सहित विदाई कार्यक्रम गरेको थियो ।
अस्मिता त्रिपाठी अनेसास इजरायलको कार्यकारी सदस्य र मेरो नेपाल पत्रिकाका सम्पादन सहयोगी रहनुभएको थियो भने सुनिता शर्मा अनेसास इजरायलको साधारण सदस्य र मेरो नेपाल पत्रिकाका सह बजार व्यवस्थापक रहनु भएको थियो ।
उहाहरूलाई अनेसास इजरायलका अध्यक्ष श्री सुनिल संगमले दोसल्ला ओढाएर तथा कोषाध्यक्ष टिका खरेलले अविरमाला र उपाध्यक्ष नवराज आचार्यले सम्झना स्वरूप मेरो नेपाल पत्रिका दिएर विदाई गर्नुभएको थियो ।

0 comments:

सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*