Tuesday, July 20, 2010

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई ? टीका विष्ट

कात्तिक १० गते सदरमुकाम खलंगामा ग्रामीण विकासका लागि शिक्षा तथा सञ्चार 'इ-कोर्ड' रुकुमद्वारा सञ्चालित सामुदायिक रेडियो सिस्ने एफएम ९२ थोप्लो ८ मेगाहर्जको औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो । उद्घाटन कसले गर्ने - भन्ने विषयमा सम्पुर्ण रेडियो परिवारले छलफल गरेपछि वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल आउने पक्का भयो । यसै पनि जिल्लामा सञ्चारमन्त्री आउने खबरले सञ्चारकर्मीमा टाइँफाइँ त थियो नै झनै लोकप्रिय नेता तथा सरकारका प्रवक्ता, त्यसमै पनि मन्त्री आउने भनेपछि सबैको मनमा 'लौ न के भन्छन् - कार्यक्रम कस्तो हुन्छ - माओवादीले कस्तो विरोध गर्लान् -' जस्ता प्रश्नहरूले घरजम गरिरहेका थिए । प्र्रहरी, कर्मचारीहरू पनि सकिनसकी यताउता, चलकमलक गरिरहेका देखिन्थे । अचम्म त के भने जति आयोजकले तयारी गर्नुपर्ने त्योभन्दा तीन दोब्बरले माओवादीले तयारी गरिरहेको थियो । यसले पनि बजार शोभायमान थियो ।


मन्त्री आउने तीन दिनपहिलेबाट एकीकृत माओवादीले पुराना जनमुक्ति सेना अर्थात वाईसीएल र अन्य कार्यकर्तालाई सदरमुकाममा जमघट गरेको थियो । किन - भनी बुझ्दा रहँदा थाहा भयो, 'यो सरकारका मन्त्री आउँदा विरोध गर्न ।' स्वच्छ दिमागले सोच्दा लाग्यो, प्रजातान्त्रिक संस्कार बोकेको राजनीतिमा र्समर्थन र विरोध भन्ने कुरा सामान्य हो । सायद सबैले यही बुझेको हुनर्ुपर्छ । किनकि वर्तमान सरकारको गन्ध आउने कुनै पनि क्रियाकलापलाई माओवादीले ढुंगामुढा, कालोझन्डा, विरोध नगरे त उनको धर्म मासिन्छ भनेर भन्न पनि मिल्छ ।
माओवादीको विरोध कार्यक्रमको व्यापक तयारीले होला, प्रहरी प्रशासनलाई पनि मन्त्री आउने कार्यक्रमको कसरी व्यवस्थापन गर्ने भन्ने एउटा मात्रै प्रश्नले थिलथिलो बनाएको थियो । कार्यक्रमको मिति र अतिथिको त तय गरियो तर स्थानको टुंगो लागेन । कतिले त कार्यक्रम स्थगित गर्ने सुझाव पनि दिए । आयोजक पक्षको कुनै हालतमा स्थगित नगर्ने हठपछि बल्ल-बल्ल बालमन्दिर हल तोकियो ।
मन्त्री आउने दिन दुवैतिर कार्यक्रमको व्यवस्थापन गरियो । आयोजक पक्षले फूलको माला उन्दै गरेको खबर आयो भने माओवादीले जुत्ताको । १० गते बिहान ८ बजेतिर खलंगा बजारमा माइकिङ गरेको सुनियो । लाग्यो आयोजकले र्सवत्र प्रचार गरिरहेको छ । तर, त्यहाँ माओवादीले आफ्नो कार्यक्रमको प्रकृतिको बारेमा जानकारी गराइरहेको रहेछ । धेरै कुरामध्ये एउटा अलि बढी सुन्न पाइन्थ्यो । 'हामी सरकारका मन्त्री आउँदा कालो झन्डा देखाएर शान्ति्पुर्ण विरोध गर्नेछौं, यदि कसैले हामीलाई यो वा त्यो ढंगले रोक्न, छेक्न खोजेमा विस्फोट हुनेछौं र त्यसको जिम्मेवारी आयोजकले लिनुपर्नेछ ।' थोरै मात्रामा चेतनास्तर उठेका व्यक्तिले यी सबै क्रियाकलापलाई सहजरूपमा बुझेका थिए । किनकि राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष हुनु अनि एकले अर्कोको विरोध गर्नु स्वभाविकै हो । कतिपय सर्न्दर्भमा विरोधको पनि आवश्यकता हुन्छ । अहिले के हो त - भन्ने प्रश्नको उत्तर खोज्नतर्फनजाउँ ।
मन्त्री आउने अलि ढिला भयो । ८ बजेबाट बोल्न सुरु गरेका माओवादी कार्यकर्ता खलंगा र एयरपोर्ट गरी दर्ुइ भागमा विभाजन भएर विरोध गरिरहेका थिए । उता, आयोजक पक्षलाई भने मन्त्री आउने कार्यक्रम भव्य बनाउनर्ुपर्छ भन्ने चिन्ता थियो । पोखरेल एमालेका नेता भएर होला रुकुमका एमाले नेताहरू हत्तपत्त फूलमाला लिएर एअरपोर्ट गइहाले । आयोजक आफ्नो तयारी गर्देथियो । एमाले नेताहरू आफ्ना नेताको पर्खाइमा थिए । माओवादी विरोधमा जुटेका थिए भने जनता अलमलमा । प्रहरी सुरक्षामा तैनाथ थियो । कांग्रेसलाई कुनै चासै नभए जस्तो । अरू पार्टर्ीीे कुरै नगरौं । सञ्चारकर्मी दौडधुपमा । रुकुम त्यसदिन यस्तै यस्तै थियो ।

आफ्नो विचार र सिद्धान्तलाई जसले पनि जिन्दावाद भन्छ । फरक विचारलाई मर्ुदावाद भन्नु पनि नाजायज मानिदैन । थोरबहुत सरकार, मन्त्री र पार्टर्ीीई केन्द्रित गरी जिन्दावाद र मर्ुदावादका नारा लगाइरहेका माओवादीका कार्यकर्ताले मन्त्री आउने बित्तिकै शरीरको रगत उमाले । सुरक्षाको बीचमा मन्त्री सल्ले एअरपोर्टबाट गाडी चढेर खलंगा आए । खलंगामा पनि मन्त्रीले कालाझन्डाको बीचबाट बाटो क्रस गरे । कार्यक्रमस्थलमा आयोजकले फूलमालाले स्वागत गर्‍यो । कथा मध्य भयो ।
सञ्चारमन्त्री पोखरेलकी बहिनी मेनका पोखरेलको मुसिकोट बहुमखी क्याम्पसको दोस्रो वर्षो परीक्षाको निरीक्षण गर्ने संयोग परेकाले उनी पनि सँगै आएकी थिइन् । संयोगवश रुकुमकी पर्ूवसांसद् तर्ीथा गौतम पनि रुकुम आएकी रहिछन् । सबै कार्यक्रममा उपस्थित थिए । कार्यक्रम हलमा भइरहेको थियो । बाहिर राजनैतिकभन्दा भिन्नै नाराहरू चर्का स्वरमा लागिरहेका थिए । शान्तिपर्ूण्ा नामको सो विरोधमा सुरक्षा दिन बेलाबेलामा प्रहरी अधिकृतहरूले जवानहरूलाई निर्देशन दिइरहेका थिए । राजनैतिक सत्ता प्राप्ति या जनताको मुक्तिका निम्ति गरिएको आन्दोलन तथानामको गालीगलौजको भाषामा गरिँदैनथ्यो । यद्यपि, स्कुलिङ फरक तरिकाले गरिएछ । भन्नर्ैपर्छ, सो विरोध कार्यक्रमको नेतृत्व माओवादीका पाका नेता शरण बाँठाले गरेका थिए ।

आन्दोलन गर्दैगर्दा नाराहरूको शब्द, शैली परिमार्जित भयो । राजनीतिभन्दा नितान्त अलग रहेर विरोध गरियो । जसले व्यक्तिको चरित्र र आचरणमा सिधै आक्षेप लगाउँथ्यो । हलभित्र र बाहिरको वातावरण आकाश पातालको फरक थियो । नाराकै क्रममा 'शंकरे चोर देश छोड्, आर्यघाटले के भन्छ शंकरेलाई ल्या भन्छ' जस्ता धेरै नाराहरू लगाइए । पोखरेल सरकारका मन्त्री भएकाले पनि होला त्यहाँसम्म विरोध नै मान्न सकिन्थ्यो । हुँदा हुँदा सरकारको विरोधको नाममा रुकुमका धेरै नेताहरूको चरित्रमाथि आघात पुर्‍याउने नारा सुनिए । त्यति गर्दा पनि विरोध गरिरहेकाहरूको चित्त बुझनेछ क्यार, अनि पालो आयो तर्ीथा गौतमको । रुकुम, राप्तीमात्रै होइन तर्ीथा गौतम को हुन् भन्नेबारे सिंगो नेपाललाई थाहा छ । माओवादीका पछिल्ला कार्यकर्ताले थाहा नपाएको भए सोधे हुन्छ, आफ्ना हत्यारा नेताहरूलाई तर्ीथाको श्रीमान् खै भनेर ।

'जतिबेला सत्ता परिवर्तन या जनताको मुक्तिको नाममा माओवादी बन्दुक र खुकुरी बोकेर युद्धको मोर्चामा लडिरहेका थिए । त्यसताका आफ्नो विरोधी र फरक विचार राख्ने जो कसैको पनि रगतमा उनीहरू होली खेल्थे । १४ हजार मान्छेको रगतसँग रुकुमका यदु गौतमको पनि रगत मिसिएको छ । जुन बाटो गलत थियो र माओवादीलाई पनि महसुस भइसकेपछि आए उनीहरू जनताको बहुदलीय जनवादको घेराभित्र । तर, पनि उसले अझै १२ बर्सर्ेेनयुद्वको घमण्ड गर्दैछ र कहिलेकाहीँ सनकको तालमा भन्छ, 'फेरि हामी जंगल जान सक्छौं ।' हो जतिबेला माओवादीहरू एउटा बन्दुकको आडमा लड्थे र अर्को बन्दुकदेखि भाग्थे । बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्ने सिद्धान्त बोकेर रातभरि लड्थे र विजय हुन्थे । जब सुन्दर किरणसहित बिहानीले यस धर्तीमा प्रवेश गथ्र्यो अनि माओवादीहरू ठूला ओडार र जंगल खोज्दै अन्धकारतिरको बाटो तताउँथे । त्यही समयमा उनीहरूले तर्ीथाको श्रीमान् यदु गौतमको हत्या गरेका थिए । तर्ीथामात्रै होइन माओवादीले गर्दा सिन्दूर खोज्नुपर्ने नेपालमा हजारौं दिदी-बहिनीहरू छन् ।

फेरि जाउँ विरोध कार्यक्रमतर्फ। कुनै दिनको पैंचो फर्काउनु थियो कि क्या हो माओवादीले विशेषगरी एमाले नेताहरूको त सकुन्जेल खोइरो खने । विरोधका नाराका निउँमा कसैका दिदी-बहिनी पनि श्रीमती बने, साथीभाइ त परै जाओस् । हलमा कार्यक्रमको आयु छोट्टँिदै थियो । बाहिर माओवादीलाई विद्या भण्डारी र तर्ीथा गौतमको खाली सिउँदोको सम्झना आएछ । अनि नारामै भन्न थाले -तर्ीथा तेरो सिन्दूर
खोई, - हलानो, फलानो तेरो पोइ । आफ्ना कार्यकर्ताले सिन्दूर खोज्दा माओवादी नेताहरूलाई आनन्द आएको हुनर्ुपर्छ । किनकि आफ्नो कार्यको 'फलोअप' गर्दा जसलाई पनि आनन्द आउँछ । यदुको हत्या गर्ने माओवादी कार्यकर्ताहरूको सम्मान भएन होला पार्टर्ीी ।
विचरा ती १९(२० उमेरका युवालाई के थाहा ? तर्ीथाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति ? सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सर्ेे हुन सक्छन् । सामान्यतया जनयुद्धकालमा १२-१३ वर्षो बालक अहिले युवा भएको छ । यी युवाहरूलाई राजनीतिको ढ्वाङ फुकाएर माओवादीले आन्दोलनमा प्रयोग गरेको छ । केवल नेताको 'स्कुलिङ'मा जिन्दावाद र मर्ुदावादका नारा लगाउने यी युवालाई के थाहा ? यस्तै तालले कुनै दिन आफ्नै दिदी-बहिनीको सिन्दूरको खोजी गर्नुपर्छ भनेर ।

लहैलहैमा माओवादीमा लागेकाहरूले राम्रोसँग बुझ्न जरुरी छ, 'पार्टर्ीीे इतिहास के छ - वर्तमान कस्तो छ ? र भविष्य के हुन्छ ?' नागरिक सर्वोच्चताको परिभाषा आफ्नो नेतृत्वमा सरकार बनाउनु हो भन्ने बुझेका माओवादी नेताहरू आफ्ना कार्यकर्तालाई सडकमा आन्दोलन गर्ने निर्देशन गर्छन् । आफू भने नागरिक सर्वोच्चताविपरीत काम गर्ने व्यक्तिसँग शुभकामना आदान-प्रदान, भेटघाट, चियापान, भलाकुसारी गर्छन् । कुन दुनियाँमा छ ? एकातिर आन्दोलन अर्कोतिर वार्ता र सम्बन्ध सुधार - त्यसैले नेताको लहैलहैमा विधुवा नारीको सिन्दूर खोज्ने माओवादी कार्यकर्तालेे आफ्नो पार्टर्ीी गरेको आन्दोलनको औचित्य समयमै बुझ्न आवश्यक छ ।

तर्ीथाको सिउँदोमा सिन्दूर देख्न चाहने माओवादीले किन लगाइदिँदैन आफ्ना सहिद पत्नीको सिउँदोमा सिन्दूर - यदि जो कुनै दिदी-बहिनीको सिउँदो पुछिएको देख्न नचाहने माओवादीले किन फरक विचार राख्ने व्यक्तिको हत्या गरेर शवलाई चार दिशा लगाउँथे - तर्ीथा को हो र किन चाहियो उसको सिन्दूर माआवादीलाई ? कार्यक्रम सकियो, मन्त्री बाहिरिनु पर्‍यो । अनि फेरि माओवादी कार्यकर्ताको पारो तात्यो । त्यसपछि सुरु भयो इँट्टा, ढुंगा र नाइनस्टिक । झन्डै लागेन मन्त्रीलाई । प्रहरीलाई त लागेछ । आक्रोसित वाईसीएल गए बालमन्दिर गेटभित्र । भएभरको तागत देखाए रेडियोको ब्यानरमा, लिए च्यातेर । रेडियोकर्मीले खोसेर लिए । त्यसपछि नेतृत्व गरेका नेता आएर कार्यक्रम स्थगित गरे । मन्त्री फर्केको भोलिपल्ट रुकुमका सभासद्हरू जिल्लामा आए । उनीहरूलाई यो नालीबेली सुनाउँदा कसैले भनेछन्, आन्दोलनको सीमा हँुदैन । कसैले भनेछन्, त्यसोभए त हाम्रा कार्यकर्ता बौलाएछन् त कसैले भनेछन्, त्यसो त नगर्नु पर्ने हो । एकजना सभासद्ले र्मुमुरिँदै भने कमै भएछ, अझ गोद्नुपर्ने हो भनेछन् ।

'दुनियाँमा सबैभन्दा राम्रो आफ्नै विचार हो र सबैले हाम्रै कुरा मान्नर्ुपर्छ' भन्ने माओवादी किन सम्पर्ूण्ा अधिकार जनतालाई दिएर चुनावी प्रक्रियामा सामेल भयो - बन्दुकको नालबाट सत्ता जन्मिछ भन्ने महान तथा गौरवशाली पार्र्टर्ीीकिन सत्ता प्राप्तिका लागि सडकमा रोइ कराइ गर्दैछ - संसद्लाई कुकुरको टाउको झुन्डयाएर खसीको मासु बेच्ने थलो भन्ने पक्का कम्युनिस्ट पार्टर्ीीकिन दिन प्रतिदिन संसद्को आयु लम्ब्याएर काम नगरी भत्ता पकाउँदैछ - धन पैसालाई सरकारीकरण गर्नुपर्छ भन्ने र्सवहारा पार्टर्ीीकन राजधानी, सदरमुकाममा महल ठडयाउँदैछ र जतिसक्दो विलासितानिर नजिकिँदै छ - अरूलाई नातावाद, कृपावादजस्ता अनेक आरोप लगाउने महान र पारदर्शी पार्टर्ीीकन आफ्नोे नौ महिनाको सरकारको अवधिमा आफ्ना नाल-नाता पर्नेको मात्रै जागिरको खोजी गथ्र्यो - कुनै पनि विज्ञापनमा फारम नै नलगाइ नेताका आफन्तको नाम किन निस्किन्थ्यो - हो, यस्ता धेरै प्रश्नहरूको पर्खालभित्र रहेको एकीकृत माओवादीसँग एउटा उत्तर पनि स्पष्ट रूपमा दिने आधार छैन । यस्तो नकचरो पार्टर्ीी आफैंले श्रीमान्को मासु खाने र आफैं विधुवा श्रीमतीको सिन्दूर खोज्ने लाज लाग्दैन - ल जा ... ।

0 comments:

सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*