भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।
बहकिए मन त्यसै नसकिने हाँस्नलाई
पीडा बढेँ मन भित्र गाह्रो हुने बाँच्नलाई
मन रोए आँखाबाट आँसु झर्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।
फूल हाँस्दा आँसु झर्ने मन दुःखी हुँदा
जीवन जिउँन साह्रो हुने मन सधैँ रुँदा
दुःखी हुँदा मन कुरा खेल्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।
..........................................................................................................................................................................
घात भयो मायामा तर तिमीलाई दोष दिन्न म
लिलामीमा राख्यौ तिमीले सक्दिन माया किन्न म ।
बदनाम मेरो समाजमा तिमी चोखो भयौ
मर्ने बाँच्ने सँगै भन्थ्यौ तर तिमी भुलि गयौ
एक पागलप्रेमी तिम्रो नजरमा भिन्न म
घात भयो मायामा तर तिमीलाई दोष दिन्न म ।
जित्दै जाऊ जीवनमा हार मै खपुला
हाँसी खुसी रमाउनू पीर-व्यथा मै सहुँला
पराईसँग हिड्दा तिमी भाछैन खिन्न म
मेरै गल्ति माया गर्नु तिमीलाई दोष दिन्न म ।
..........................................................................................................................................................................
प्रीतिका कुरा गरी झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।
जिन्दगीको सार सम्झेँ आफ्नै मुटु मानेँ
कति स्वार्थी रहेछौ यति चाँडै भूलि जाने
सुन चाँदीमा दाज्यौ माया झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।
नरुनू तिमी जीवनमा हाँसी खुसी रहनू
म त सधैँ तिम्रै नै हुँ पराई तिमी नहुनू
बिश्वासमा घात गरी झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।
..........................................................................................................................................................................
जुनजस्तो मुहार त्यो हेरिरहूँ लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो
खोट कहीँ देख्दिन म सुन्दर रुपरङ्ग
प्रीति गाँस्न आतुर छु है मनको रानीसँग
मनको कुरा भन्न उनलाई पत्र कोरु लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।
कति राम्री हुन्थिन् होला खालि सिउँदो भर्दा
डर लाग्छ मलाई देखि तिमी पर सर्दा
गाँजलु त्यो आँखाभित्र बसिरहूँ लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।
..........................................................................................................................................................................
तिमी फूल हौ म चाहान्छु बन्न तिम्रै माली
साँचो माया गर्छु कसम नठान है जाली ।
एक्लै जिउन गाह्रो हुन्छ सोच वैँश छदै
एकलकाटे जिन्दगी बज्दैन एक हातले ताली ।
भन्छौ अरे उसले भन्दा बढी माया गर्छु म
सत्य माया गर्छौ भने भागिरहन्छौ किन खाली ।
लड्न तयार छु दुष्ट समाजसँग नडराऊ तिमी
एटम भन्दा माया हुन्छ सधैँ शक्तिशाली ।
कुरा बुझी तारा बनि छाइदेऊ गगनभरि
उराठ लाग्दो जीवन मेरो बनाईदेऊ हरियाली ।
..........................................................................................................................................................................
पत्थर होइन मेरो मुटु पनि किन दुखाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ
भनेकै हु मैले अव दुई मुटु एउटै भए
सँगै जिउँछौ हामी सधैँ धर्ती आकाश रहे
मेरो कुरा नबुझी किन मेरो खिल्लि उडाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ
रुवायौ तिमीले मलाई सधैँ मेरो आँशु लाग्ला है
जतन गरी राख आफ्नो खुसी कतै टाढा भाग्ला है
आँशुमै डुबाइ मलाई मेरो शत्रु किन हसाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ
..........................................................................................................................................................................
तारा टिपी हैन नटुट्ने माया दिउँला तिमीलाई
जीवनमा आइदेऊ सक्दिन तिमीविना बाँच्नलाई ।
नओइलिने माया गर्छु लाखौलाख जुनीसम्म
अन्तहीन यात्रा सँगै गरौं भौतिक शरीर रहेसम्म ।
तिमी विना मेरो जीवन जूनविनाको रात जस्तो
अप्सरा झैं राम्री तिमी मखमली फूलजस्तो ।
कहिँलेकाहीँं रिसाइदिदा कान्छी भनि बोलाउँला
बाध्यताले टाढा भएँ भने सम्झिएर फर्कि आउँला ।
..........................................................................................................................................................................
न आफ्नो भन्न सकेँ न पराई ठान्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।
जीवन भन्नु वग्ने पानी आँसुको मूल रहेछ
प्रीति गाँस्नु झुटको खेति आफैँलाई मार्नु रहेछ
न पराई हुन सकेँ न उसको बन्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।
छल्क्यो पानी आँखाबाट पीडा बढ्दै गएपिछ
मेरो भन्नु रहेन आफ्नो भन्ने पराई भएपिछ
न खुसी भई वाँच्न सकेँ न पीडा भूलि हाँस्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।
..........................................................................................................................................................................
पराईसँग उनी हिड्दा चल्यो मनमा हुरी
विति गाका दिनहरु याद आयो फेरि ।
आँसु रोक्न खोज्दा किन झर्छ मूल फुटी
रातभरि जागै हुन्छु सधैँ हुन्छ छटपटी
मेरो मनको राजा भन्दै बस्थिन् बाटो कुरी
विति गाका दिनहरु याद आयो फेरि ।
कसलाई भनु मनको कुरा वह कहाँ पोखुँ
छचल्किएर बग्छ आँसु कसरी म रोकुँ
बिसु्र भन्दा उनकै याद आउँछ घरि-घरि
विति गाका दिनहरु याद आयो फेरि ।
..........................................................................................................................................................................
मलाई दोषी देखिरहयौ बदलिएनौ किन?
माया गर्छु भनिरहयौ पग्लिएनौ किन?
पिंडाले म जलिराछु समस्याले चेप्पिराछु
समाधानका बाटहरुमा देखिएनौ किन?
नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती
आज मनको बगैचामा भेटिएनौ किन?
गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम
स्वार्थ पुरा भएपछी सम्झिएनौ किन?
समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै
मलाई आफ्नो बनाउन तम्सिएनौ किन
.....................................................................................
आँखाको आशु नपुछ्नु
रुनु मेरो दैनिकी बनेको छ
नपिउ भनी नभन मलाई
आत्मा पिंडाले जलेको छ
नजानु भनी बाटो नछेक्नु
आउने वाचा गरिसकेको छु
बाँच्ने आशा अब नेदेखाउ
जिएर पनि मरिसकेको छु
नटिप्नु फुल भनेर मलाई
हातमा काँडाले घोच्ने छ
नखोज्नु अब कतै मलाई
भेट्टाउन गार्हो पर्ने छ
नसुनाउनु शुभ समाचार
नराम्रो सुन्न जानेको छु
नखोज पढ्न अतितका पाना
फुकाउनै नसक्ने गरी बानेको छु
नसोध किन यस्तो भयौ भनी
बढी तिमीलाई नै थाहा छ
गोहिको आशु अब नाबगाऊ
मिलन हाम्रो असम्भब भएछ
आँखाको आशु नपुछ्नु
मलाई त्यसैमा डुब्नदेउ
बिन्ती अब त छाडिदेऊ
मलाई मेरै संसारमा पुग्नदेऊ
....................................................................................
गजल:जिन्दगीको रङ्गमञ्चमा
जिन्दगीको रङ्गमञ्चमा हार न जितको भान भयो
कल्पनाको संसार भित्र सपनाहरुको चिहान भयो
आफ्नो विश्वाश आँफैसँग टुट्न फुट्न थालेपछी
रस चुसी थुकी फाल्ने फुटपाथको पान भयो
माथि जाने भ-याङ पाइन तल काँहो थाहै छैन
न त यता न त उता बिचमै ताना तान भयो
दु:खै दु:ख जिबनभरी पिंडा भन्दा केही पाइन
हाँस्नु पर्छ मैले भन्ने बेकारको गान भयो
रित यस्तै चल्या होकी बुझ्नै सकिएन
दोसल्ला अर्कै ओढ्ने मलाई कस्तो सम्मान भयो
.....................................................................................
गजल: बोझिलो दुखी नासो
अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है
जाली माया गरेर, फसाइ गयो नभन है
वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने
जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है
बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु
शिखरमा चढाएर, खसाइ गयो नभन है
केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु
अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है
कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु
बोझिलो दु:खी नासो, टसाइ गयो नभन है
.....................................................................................
गजल:पुराना पत्र
तिम्रो तस्बिर हेरेर, आज फेरी रोएँ
मिठो अतित सम्झेर,आज फेरी रोएँ
बल्झिए घाउहरु,चट्याङ् पर्यो मुटुमाथी
आँफैसग दु:खेर, आज फेरी रोएँ
भक्कानिए बिथोलिए,भाबबिभोर भए
अझै प्याला थपेर, आज फेरी रोएँ
हप्ता,महिना, बर्ष बिते,खबर आएन
भलो तिम्रो जपेर, आज फेरी रोएँ
आँखाभरी सुनामी झै, याद उर्ली आयो
पुराना पत्र पढेर, आज फेरी रोएँ
.....................................................................................
गजल: मन भित्र
मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ
सम्झनाको झटारोले गोली हाने सरी जान्छ
खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ
नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु
आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ
जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ
रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ
भुल्न खोज्छु अतितका मिठा पलहरु
याद आउछ बल्झिएर मन मुटु हरी जान्छ
P....................................................................................
गजल: भन्छिन आज--
भन्छिन आज माया गर्न जानिन रे मैले
उनी माथि कर्के नजर हानिन रे मैले
लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा
मेरो समिप आउ भनी तानिन रे मैले
जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी
प्रिती गास्ने नौलो चलन धानिन रे मैले
भुलेर उनको मुस्कानमा स्पर्श बिनानै
कुनै क्षण अगालोमा बानिन रे मैले
जल्दो बल्दो जवानी,तृष्णा मनको मेटाउन
जाबो एक रात सगै काट्न मानिन रे मैले
.....................................................................................
गजल: पुराना यादहरु--
पुराना यादहरु बल्झी बल्झी फर्कदै छ
आफ्नो मन आँफैसग दुर दुर तर्कदै छ
पिडाको भुमरिले शान्ती छैन मनमा
थाहै नपाई अनायसै, आशु दर्कदै छ
अन्जानमै कहिकतै गल्ती भै हाल्योकी
मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छ
बरबराउछु पागलसरी एकान्त भित्र पनि
छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ
अनौठा सपनाहरु देखिराछु आजभोलि
अनर्थ हुन होकी छाती मेरो चर्कदै छ
.....................................................................................
गजल:विश्वाश मर्यो--
विश्वाश मर्यो अबिश्वासको जरा मौलाउँदै छ
मेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छ
ठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनु
सुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छ
मुलबाटो भुलीगयौ स्वार्थको ओरालोमा
मरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ
आश्वासनका खोलासगै तिमी बगेपछी
फूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छ
पर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्यो
खुच्चिम भन्दै शत्रुले नि ताली बजाउँदै छ
.....................................................................................
गजल : सुन्दै छु कता कता
सुन्दै छु कता कता नयाँ जीवन थाल्दै छौ रे
उमङ्गका बाटाहरुमा पाइला चाल्दै छौ रे
बुझ सानी चोखो माया पाइदैन जताततै
आत्मा मिल्ने हिर्दयलाई टुक्राएर फाल्दै छौ रे
नक्कली खेल जितेपनी सत्य कहिल्यै लुक्दैन
सुन बनाउन भनेर पित्तल गाल्दै छौ रे
अबश्य पश्चतापको भुमरीमा पर्छौ एकदिन
नयाँ बिउ रोप्न भनी पुरानो रुख ढाल्दै छौ रे
भताभुङ्ग होला सबै प्रतिशोध साँची हिड्दा
आफ्ना सारा कुक्रिती लुकाउन टाल्दै छौ रे
.....................................................................................
गजल: फुल भनेर --
फुल भनेर म काँडालाई, नसमाए हुन्छ
मरुभुमिमा मुल फुट्दैन, नरमाए हुन्छ
दाँया बाँया केही कतै, नभएको जोगिसँग
केही पाउने स्वार्थ बोकी, नधाए हुन्छ
हिर्दयमा माया सारी, परेली भिजाउदै
एकान्तमा सम्झिएर, नहराए हुन्छ
सुखमा हुर्केकी, हजार चोट सहनलाई
बोझिलो यो जिन्दगीमा, नआए हुन्छ
दुनियाँको रित नै हो, बलेको आगो ताप्ने
हाम्रो साईनो बिट मार्न, नलजाए हुन्छ
.....................................................................................
गजल : फ़ुल्नै नपाई
फ़ुल्नै नपाई कोपिलामै, झरे कति कति
किनार लाग्न नपाउदै, सपना टरे कति कति
स्वतन्त्रता, परिबर्तन, शान्तिका नाममा
बन्द हड़ताल आन्दोलन, गरे कति कति
गास बॉस कपास, समानाताको कुरा गर्दै
उसका झुटा आश्वासनमा, परे कति कति
दायाँ बायाँ केहि सोचिन, जे परेनी अघि बढे
केहि भएन कहिल्यै उसलाई, म मरे कति कति
छाती माथी लाठी थापी, रुन्थे ऐया भन्दै
मेरा चोटमा उसका दशा, टरे कति कति
.....................................................................................
कबिता :नआएको भए हुन्थ्यो
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।
.....................................................................................
मन बुझाउला कर्म मेरो --
जानेहरु गएपनी छोडी धेरै टाढा
फुल फुल्ने बगैचामा फुले पनि काँडा
हाँसो खुशी सबै चोरी आँशु दिएपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी
किनार छोडि नदी अर्कै बाटो हिडेपनी
रुख चढाइ बन्चरोले फेद गिडेपनी
बिबसताको दोष देखाइ माया छुटेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी
हेर्नै नपाई दर्पणको शिंशा फुटेपनी
आउने जाने सम्बन्धको बाटो टुटेपनी
दृश्यहरु हेर्नै नपाई आगोलागी डढेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी
टिप्नै नपाई प्रतिक्षामै फुल झरेपनी
गर्भ भित्रै कल्पनाको भ्रुण मरेपनी
छात्ती भित्र बेदनाको गाठै गाठो परेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी
....................................................................................
गजल : गएराती एक्कासी म --
गएराती एक्कासी म, झस्किएको थिए
व्युझिएर बिछ्यौनामा, मस्किएको थिए
रक्तसंचार बढीराथ्यो, खुशीको सिमा थेन
वरीपरी तातो श्वासमा, हस्किएको थिए
सम्झना ताजै छ, यस्तै के के भन्दै थिइन
भएभरको सर्बस्व नै, पस्किएको थिए
हुन बाँकी केही रहेन, उनको मेरो बिचमा
क्षणभरमै शिथिल बनी, खस्किएको थिए
सपनिको तरङगनि ,कती मिठो हुदो रहिछ
अगालोमा उनलाई कसी, चस्किएको थिए
....................................................................................
गजल: आफ्नै पनमा..
आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज
उराठिलो शिशिर पछी, बहार छायो आज
धेरै पछी पत्र पाए, पटक पटक पढे
तिम्रा शब्द शब्दमा, मन रमायो आज
अनेक शंका पापी मनले, नगरेको होइन
भएभरको सबै सबै , डर हरायो आज
अचम्म लागिराछ , हर्ष को सिमा छैन
बिहानिले सुनौलो, फुल फुलायो आज
चोखो माया पाइने रहिछ, चोखो मनले गरे
मिठो अतित घुमिफिरी, फर्किएर आयो आज
.....................................................................................
तिमीलाई पाउन मैले---
तिमीलाई पाउन मैले देबी देउता भाकिसके
थाहै नदीई कसैलाई मुटु पनि साटिसके
सजाइसके तिम्रो मुस्कान नयनको माझमा
हो हो हो
सजाइसके तिम्रो मुस्कान नयनको माझमा
पर्ने छैन बत्ती बाल्न त्यो मधुर साझमा
धेरै हासो जिन्दगीको तिम्रै निम्ती साचीसके
थाहै नदीई कसैलाई मुटु पनि साटिसके
नपत्याय चौतारीको वरपिपललाई सोध
हो हो हो
नपत्याय चौतारीको वरपिपललाई सोध
भित्र पसी धड्कनको चाल भित्र खोज
तिमीलाई आफ्नो बनाउने वाँचा बाधीसके
थाहै नदीई कसैलाई मुटुपनी साटिसके
तिमीलाई पाउन मैले ..
थाहै नदीइ कसैलाई ..
.....................................................................................
नसोचेको भइदियौ
किन ठीक्क पार्छौ अब सान्त्वनाको तुना बानी
फलाम दिन गार्हो मान्यौ हुँदा हुँदै सुनको खानि
मलाई पाखा लगाएर तिमी बन्यौ भाग्यमानी
नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी
सधैंभरी नयन मेरो बनाएर पानी पानी
आकाशीयौ धर्ती छोडि क्षितिजमा पुग्न भनी
शंका लाग्यो आज मलाई यस्तै हो कि तिम्रो बानी
नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी
हिंड्ने चाह थिदै थेन त्यो बाटोमा लग्यौ तानी
विजयको दौडमा लाग्यौ मेरो माया सस्तो ठानी
मैले भुल गर्या होइन तिमीले गर्यौ जानी जानी
नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी
.....................................................................................
गजल: सम्हालिन सकिन --
सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर
चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर
जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर
रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर
अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर
.....................................................................................
गजल : हिजो आफ्नै सोच्ने मन ...
हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ
जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ
खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ
केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ
वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ
.....................................................................................
गजल: तिमी थियौ म थिए ...
तिमी थियौ म थिए , कती सुन्दर संसार थियो
साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो
तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो
यूगौ युग नरित्तिने, मायाको भन्डार थियो
कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो
निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो
सम्झना ताजै छ , अझैपनी यो मनभरी
सगै खेली बिताएको पलहरु हजार थियो
सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी
मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो
.....................................................................................
कस्तो हीरा पायौ तिमीले ...
गुमायौ या केही पायौ हिसाब छैन बाँकी
गन्तब्यमा तिमी लाग्यौ दोबाटोमा मलाई राखी
भाचिएछ तिम्रो मन आएन नि पलाई
कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई
जे गर्यौ ठिकै गर्यौ बाच तिमी हाँसी
म बसौला जिन्दगीमा अधुरा यि रहर साची
वारुदको भट्टी भित्रै किन कोर्यौ सलाई
कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई
चाँदनिको चौघेरामा कालो बादल लगाइ
नदिउ पनि कसरी म मागेपछी बिदाइ
हाँस खेल ठट्टा गरे जस्तो लाग्यो मलाई
कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई
.....................................................................................
कती मिठो माया थियो .....
नचाहेको रहर साची घर बनाए बालुवाको
दुई दिनमा ओईली झर्ने भर भएन पालुवाको
सम्झनाको लौरी टेक्दै जंघार तरे जस्तो भयो
कती मिठो माया थियो आज कता कता गयो
उजाडियो सारा जीवन डढेलोले खाएसरी
जीवन मेरो जहिले पनि बादल बर्षा झरी झरी
खुल्ला आकाश किन आज तुवालोले छायो
कती मिठो माया थियो आज कता कता गयो
शैरमा निस्केको थे बाटो कतै पाइन
सक्कली दिल किन्न खोजे बेच्ने कोही कतै छैन
हावाको बहेली सुस्ताएझै मलाई लायो
कती मिठो माया थियो आज कता कता गयो
.....................................................................................
गजल : भन्ने ठान छैटौउमा---
भन्ने ठान जिन्दगीमा यस्तै लेख्या रैछ
खुशी पाउने दोबाटोलाई काँडे तारले छेक्या रैछ
जे जे पर्छ आफ्नो भागमा भोग्दै जानु पर्ने
दु:खै दु:ख पाउन भनी हामीलाई हेप्या रैछ
चोटै चोटले सताइरह् यो खुशी कहिल्यै छाएन
हाम्रो माया प्रितीलाई नै संकटले चेप्या रैछ
राम्रो होस् भनेर संसारकै भलो जप्थ्यौ
पवित्र यि आत्माभित्र कस्तो खोट देख्या रैछ
इश्या गरे भगवानले कहाँ जानु शरण लिन
ममताको धरातालमा कठोरताले टेक्या रैछ
.....................................................................................
गजल : निल्नु न ओकल्नुको...
निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी
कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी
दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी
सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी
ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा
छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी
अबुझ ईश्यालु, म थिए रे त्यतिबेला
दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी
आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी
....................................................................................
गजल: भो तिमीले नै जित्यौ....
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो
सजाउथे सपनाहरु, नयनको बाटो भरी
ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो
अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे
आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो
पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे
आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो
हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला
आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो
.....................................................................................
माया त्यसै मर्दैन है
माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ
मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ
साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ
पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ
हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ
.....................................................................................
गजल -- हारजित भईरहने
हारजित भइरहने माया खेल होइन
परीक्षा लिई छुट्टाउने पास फेल होइन
जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
हर्ष न विष्मात हुने, कौवालाई वेल होइन
पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
विश्वास हुन्छ एक अर्कामा जालझेल होइन
गन्तब्य एउटै अनी पाइला सँगसगै
दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन
समर्पण समझदारी सम्मान हुन्छ त्यहा
केही क्षण मोज गर्न, गरिएको मेल होइन
.....................................................................................
सधैं सँगै हिंड्नेहरु
सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी
मिठो वचन बोल्ने सबै,जाती हुन्नन साथी
बगैचामा अनगिन्ती, फुलहरु फुल्छन
सबै फुल्ने फुलहरु, पाती हुन्नन साथी
जीवन माथि एक्कासी, ग्रहण लागेपछी
अन्धकार मात्र सधैं, राती हुन्नन साथी
चारैतिर अन्यायको, कालो वादल छायपछी
न्याय खोज्ने हातहरु, माथि हुन्नन साथी
आफ्नो लागि मात्र वाच्ने, चलन भएपछी
दु:ख पर्दा साथ दिने, छाती हुन्नन साथी
....................................................................................
सानैमा सिकाइ
सानैमा सिकाइ दियौ नभै हुन्न आजभोलि
किसको मात्र कुरा गर्छौ त्यसले छुन्न आजभोली
यताउता सलबलाउने यो चन्चले मनलाई
खोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोली
करकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो
सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोली
पालै पालो हत्या भयो दिदी भहिनी दाजु भाईको
चोट सहने बानी पर्यो अह रुन्न आजभोली
मिठो भाषण गर्छन् सबै कसको विश्वाश गर्ने
सार्है कठीन भयो हजुर नेता चुन्न आजभोली
....................................................................................
.....................................................................................
तिमीलाई के थाहा ..
तिमीलाई के थाहा सानी,चोट यो मनको
क्षणक्षणमा मुर्छा पार्ने, विस्फोट यो मनको
किनार लाग्न पाएनन, मेरा मिठा सपनाले
खरानी भो एक निमेष मै, अठोट यो मनको
हिजो सम्म राम्रो भन्थ्यौ, आज नानाभाती
के पायौ खै अनायसै, खोट यो मनको
आँफैसँग दंग पर्थे, कस्तो युगल जोडी
अन्धकार भित्र रहिछ, छनोट यो मनको
मेरो नजिक नआउ, जाउ अब परपर
बन्द भए तिमी खेल्ने, कोर्ट यो मनको
.....................................................................................
.....................................................................................
अधर्मी पापी भन्दै
आपत पर्दा जीवनमा, हतास नठाने है
काँडामाथी हिंड्नु पर्दा, खुट्टा नताने है
जन्मी हुर्की बढेको, यही सस्कारले गर्दा
चिढिएर बोल्न सक्छु, दु:ख नमाने है
प्रश्नहरु गरौला, तिमीलाई बुझ्न भनी
अबिश्वासी भनी मलाई, अर्को नछाने है
मेरै कारण कहिलेकाही, अप्ठ्यरो परे पनि
रिसाएर आँखा चिम्ली, तीर नहाने है
भबितब्य पर्न गई, एक्लै छाडे भने कतै
अधर्मी पापी भन्दै, तेलमा नझाने है
Tuesday, July 20, 2010
love poem and gazal
Labels:
GEET GAZALS
Subscribe to:
Post Comments (Atom)
सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
0 comments:
Post a Comment